पोविवि राजिस्ट्रारमा डा दीपक भण्डारी

आदर्श समाज सम्वाददाता
वैशाख ५, २०७८
pu register

पोखरा । पोखरा विश्वविद्यालयको रजिस्ट्रारमा सहप्राध्यापक डा. दीपकबहादुर भण्डारी नियुक्त भएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालयको सिफारिसमा कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले ४ वर्षका लागि भण्डारीलाई रजिस्ट्रारमा नियुक्त गरेका हुन् ।

यसअघि ९ महिना रजिस्ट्रारको जिम्मेवारी पाएका भण्डारीले १२ वर्षदेखि पोखरा विश्वविद्यालयमा प्राध्यापन गर्दै आएका थिए । लमजुङको चितीका भण्डारीले बेलायतबाट विद्यावारिधि गरेका छन् ।

रजिस्ट्रार नहुँदा काममा समस्या आएकामा अब भने सहज हुने प्रतिक्रिया उपकुलपति अर्यालको छ । रजिस्ट्रार नियुक्ति भएसँगै अन्य रिक्त पदहरुमा समेत छिटो नियुक्त गर्नुपर्नेमा प्राध्यापक कर्मचारी तथा विद्यार्थीले माग गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width