दाउन्ने बस दुर्घटनामा ३ को मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७८
accident

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा शनिबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये ३ जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार दुर्घटना परी घाइते भएका मध्ये २ जनाको चितवन स्थित पुरानो मेडिकल कलेज र १ जनाको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरमा उपचारको क्रममा निधन भएको हो ।

प्रहरीका अनुसार घाइतेमध्ये इलाम घर भएका २५ वर्षीया धनु दर्लामी, मकानपुर जिल्ला बकाय गाउँपालिका घर भई हाल विनयी त्रिवेणी २ दाउन्ने गुम्बामा बस्ने ५७ ज्ञामु हिसे छमु ग्याल्मो र चितवनको भरतपुर महानगरपालिका निवासी ६६ वर्षीय हिमलाल न्यौपाने छन् । २८ जना घाइते छन् । घाइतेहरु सबैको अवस्था चिन्तामुक्त रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार घाइतेहरुलाई उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल डण्डामा लगिएको छ । बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस अनियन्त्रित भई दाउन्ने बजार नजिक सडक बाट करिब २ सय मिटर तल खसेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width