चितवन समाजको क्यालेन्डर विमोचन

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७८
chitwan

पोखरा । चितवन पोखरा सम्पर्क समाजले २०७८ को क्यालेन्डर विमोचन तथा शुभकामना आदान प्रदान गरेको छ ।

चितवन पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष निर्मल सापकोटाले व्यानरमा हस्ताक्षर गरी कार्यक्रम उद्घाटन गरे । यसैबीच समाजको क्यालेन्डर विमोचन गरिएको थियो ।

समाजले पोखरा १७ स्थित मानव सेवा आश्रमका १२३ जना आश्रितलाई दिवा खाजाको व्यववस्था गरेको समाजका सचिव तारा सापकोटाले जानकारी दिइन् ।

समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिलीप पनेरुले स्वागत र सचिव तारा सापकोटाले सञ्चालन गरेका थिए । कार्यक्रममा मदिरा व्यवसायी संघ अध्यक्ष तथा उद्योग वाणिज्य संघ कास्की कार्य समिति सदस्य रुपनारायण भुजेल, गृहलक्ष्मी ग्यास प्रालिका सञ्चालक धर्मराज बर्तौला, कस्मेटिक व्यवसायी समिति कास्कीका प्रथम उपाध्यक्ष दुर्गा बराल (पनेरु), मानव सेवा आश्रमका सहसंयोजक सम्झना बर्ताैला, आश्रमका अभिभावक भीष्मा नेपाली, शोभा गौतम, दिनेश शर्मालगायतले बोलेका थिए ।

यसैबीच मदिरा व्यवसायी संघ अध्यक्ष तथा उद्योग वाणिज्य संघ कास्की कार्य समिति सदस्य रुपनारायण भुजेल र गृहलक्ष्मी ग्यास प्रालिका सञ्चालक धर्मराज बर्तौलालाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width