हिसान निबन्धको नतिजा सार्वजनिक

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७८
Default adarsha samaj

पोखरा । हिसान कास्कीले गत चैत २० मा आयोजना गरेको अंग्रेजी निबन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ ।

विज्ञान समूहतर्फ सिर्जना माविकी अस्मी गुरुङ प्रथम, जुनियर सिटिजनकी प्रसिद्धि ढुंगाना द्वितीय, स्टेप बाइ स्टेपकी श्रुताकीर्ति बराल तृतीय भए । मदरल्यान्ड माविकी कुसुम सुवेदी र पोखरा माविकी कृतिका त्रिपाठी सान्त्वना भए ।

यस्तै, गैरविज्ञान समूहतर्फ पश्चिमाञ्चल माविकी शर्मिला छन्त्याल प्रथम, मदरल्यान्ड माविका प्रशान्त गुरुङ द्वितीय, माउन्ट अन्नपूर्ण माविका प्राप्तीराज्य लक्ष्मी राणा तृतीय भए ।
विश्वविद्यालय समूहतर्फ पोखरा मल्टिमोडलकी अस्मी तामाङ प्रथम, पोखरा मल्टिमोडलकै मिलन तिमिल्सिना र पोखरा कलेज अफ म्यानेजमेन्ट कलेजका पदम ढकाल तृतीय भए ।

प्रतियोगितामा ५८ वटा विद्यालय तथा क्याम्पसको सहभागिता थियो । निबन्ध लेखन विज्ञान समूह, गैरविज्ञान समूह र विश्वविद्यालयतर्फ गरी ३ समूहमा सञ्चालन गरिएको कार्यक्रम संयोजक सुन्दरप्रसाद ढकालले जानकारी दिए ।

कार्यक्रम संयोजक ढकालका अनुसार विजयी विद्यार्थीहरुलाई हिसान कास्कीको विशेष समारोहबीच पुरस्कार र प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगित गत चैत २० गते सञ्चालन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width