पुष्करेश्वर शिव मन्दिरमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७८
puskeshareshwor

पोखरा। पोखरा–७ स्थित पुष्करेश्वर शिव मन्दिरको छैटौं साधारणसभा तथा अधिवेशनले पिताम्बर बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

कार्यसमिति उपाध्यक्षमा रामप्रसाद वस्ताकोटी, सचिव सरोजनारायण बराल, कोषाध्यक्ष टीकानिधि बराल, सहसचिव भुवानीप्रसाद बराल चयन भए ।

सदस्य बालाकृष्ण बराल, नारायणी बराल, पार्वती बराल, पं भुवानी बराल, रमेश पौडेल र मात्रिकाराज घिमिरे छन् ।

गोविन्दप्रसाद बराल संयोजक रहेको निर्वाचन समिति सदस्यमा सूर्यनाथ भट्टराई र गोपाल बराल थिए ।

त्यसअघि डा. लेखनाथ आचार्यले साधारण सभा उद्घाटन गरेका थिए ।

कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष रामचन्द्र बराल, संस्थापक सदस्य डिल्लीराम बराल, प्रेमराज अधिकारी, महिला विकासका लागि आमा समूह उपाध्यक्ष तुलसी बराल, ज्येष्ठ नागरिक सरोकार समाजका अध्यक्ष भक्तराज श्रेष्ठ लगायतले बोलेका थिए ।

सो अवसरमा अक्षयकोष दाता रमेशकुमार श्रेष्ठ र प्राडा केदारनाथ बराललाई सम्मान गरिएको थियो ।

सचिव सरोजनारायण बराल र कोषाध्यक्ष टीकानिधि बरालले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width