५ किमी दौडमा नर्मता र विवेक प्रथम

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७८
5KM News Final 1 (1)

पोखरा । भूपू खेलाडी मञ्चको आयोजनामा १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किलोमिटर छात्रछात्रा दौड भएको छ । पोखरामा शनिबार भएको दौडमा छात्रतर्फ विवेक परियार र छात्रातर्फ नर्मता गुरुङ प्रथम भए ।

ज्योति अंग्रेजी बोर्डिङका विवेकले २१ मिनेट ५२.३० सेकेन्डमा उक्त दूरी पार गरे भने भानु मावि तनहुँकी नर्मताले उक्त दूरी २८ मिनेट १०.१ सेकेन्डमा पूरा गरिन् ।
छात्र तथा छात्रा दुबैतर्फका प्रथमले जनही नगद १० हजारसहित मेडल, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे ।

छात्रतर्फ पद्ममोदय मोडल सेकेन्डरी स्कुल दाङका गृष राना मगरले २२ मिनेट ०२.५० सेकेन्डमा पूरा गर्दै दास्रो भए भने ज्योति मावि नवलपरासीका आशीष पोखरेल २२ मिनेट २२.३० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै तेस्रो भएका छन् ।

छात्रातर्फ पद्मोदय मोडल सेकेन्डरी स्कुल दाङ वन्दना चौधरीले ३० मिनेट १२.२० सेकेन्डमा पूरा गर्दै दास्रो भइन् भने उदय मावि धम्पुस माछापुच्छ«ेकी बिनु बिक ३१ मिनेट ४८.२० सेकेन्डमा उक्त दूरी पूरा गर्दै तेस्रो भइन् ।

प्रतियोगितामा दोश्रो र तस्रो हुनेले क्रमश जनही ७ हजार र ४ हजारसहित मेडल, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरे ।

विजयी खेलाडीलाई पोखराका महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङ, मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट, गैर आवासीय नेपाली संघ युकेका प्रमुख संरक्षक डम्बर घले ‘एमभिओ’, सहारा युकेका पूर्व अध्यक्ष दिलीप गुरुङ ‘एमविइ’, पोखरेली मञ्च युके तथा तमु धिं युकेका कोषाध्यक्ष कमल गुुरुङ, तमु धिं युकेका पूर्व अध्यक्ष ज्ञान गुरुङ, एनआरएन युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ, पोखरेली मञ्च तथा तमु धिं युकेका सल्लाहकार दिलरास गुरुङ, लालकाजी गुरुङ, भोजबहादुर गुरुङ, भुम्दीकोट समाज पोखराका अध्यक्ष ज्ञानबहादुर गुरुङ, सचिव कृष्ण गुरुङ, प्रतियोगिताका संयोजक हरिप्रसाद पराजुली, महासचिव खेम गुरुङ लगायतले पुरस्कार, प्रमाणपत्र र मायाको चिनो वितरण गरेका थिए ।

यसैबीच पोखरा महानगर पालिकाकी उपप्रमुख गुरुङले हिमाली सांस्कृतिक परिवार अध्यक्ष मेनकाजी गुरुङलाई सांस्कृतिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै नगद ५ हजार प्रदान गरिन् । यस्तै भुम्दीकोट समाज पोखराले समेत हिमाली सांस्कृतिक परिवारलाई नगद ५ हजार प्रदान गरेको छ ।

दौडमा ७ देखि १६ वर्ष उमेरसमूहका खेलाडी सहभागी थिए । भुम्दीकोट समाजले साना खेलाडी प्रोत्साहनस्वरुप २ जनालाई १÷१ हजार प्रदान गरेको छ । थियो ।
मञ्चका अध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा

    आदर्श समाज सम्वाददाता फागुन १, २०८१
    पोखरा । पाँचपटकका च्याम्पियन थ्रि स्टार क्लबले २४ औं आहारारा पोखरा गोल्डकपमा सेमिफाइनलबाट आफ्नो यात्रा टुंगाएको छ । पोखरा रंगशालामा…
  • ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित

    विजय नेपाल फागुन १, २०८१
    पोखरा । पोखरा रंगशालामा सर्वाधिक सफल नेपाल पुलिस क्लबले चर्च ब्वाइज युनाइटेड क्लबको चुनौती १–० गोलअन्तरले पन्छाउँदै २४ औं आहारारा…
  • ब्ल्याक बुल्स् सेमिफाइनलमा

    आदर्श समाज सम्वाददाता माघ २९, २०८१
    पोखरा । पोखरा रंगशालामा जारी २४ औं आहारार पोखरा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार दुई विदेशी टिमको प्रतिस्पर्धा रोचक रह्यो ।…

hero news full width