कर्णालीमा एमालेका तीन सांसद पार्टीबाट निष्काशित

आदर्श समाज सम्वाददाता
वैशाख ४, २०७८
karnali

पाेखरा ।  नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका तीन जना सांसदलाई पार्टीबाट निष्काशन गरेको छ। कर्णाली प्रदेशका सांसदहरू नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको हो।

शनिबार बसेको प्रदेश कमिटी बैठकले तीन जना सांसदलाई कारबाही गरेको एमाले कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटीले बताए।

त्यस्तै अर्का सांसद प्रकाश ज्वालालाई आवश्यक कारबाही गर्न पार्टी केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरिएको छ।

‘२०७८ वैशाख ३ गतेदेखि लागु हुनेगरी पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निष्काशन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निश्काशन गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ,’ एमाले प्रदेश कमिटीका अध्यक्ष अध्यक्ष बोगटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Related News

सम्बन्धित समाचार

  • फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३…
  • लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई

    विजय नेपाल वैशाख ११, २०८१
    वाद होइन, परिवर्तन र विकासमा प्रतिस्पर्धा जरुरी गिरधारी सुवेदी अधिवक्ता । २०६२/०६३ को जनआन्दोलन पश्चात् नेपाली नागरिकको पहिलो अपेक्षा रोजगार,…
  • कामचलाउ सरकारको आयु लम्बियो

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकीमा खगराज अधिकारी नेतृत्वको कामचलाउ सरकारको आयु लम्बिएको छ । उनको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नसकिएपछि…
  • पाेखरा नयाँबजारको महायज्ञ समापन

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । पोखरा नयाँबजारमा आयोजित श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ सोमबार समापन भएको छ । महायज्ञ मूल आयोजक समितिका अनुसार १० दिनसम्म…
  • सहकारी पीडित आन्दोलित

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । सहकारीले रकम अपचलन गरेपछि पोखराका ६ वटा सहकारीका पीडित आन्दोलित भएका छन् । उनीहरुले बचत फिर्ता र आफूहरुको…

hero news full width