कांग्रेस कास्की सभापतिलाई पितृशोक

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७८
late harka

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई पितृशोक परेको छ । उनका पिता हर्कबहादुर केसीको १०१ वर्षको उमेरमा शुक्रबार बिहान आफ्नै निवास पोखरा–२८, देउमाडीमा निधन भएको हो ।

विसं १९७७ असार २६ मा जन्मिएका केसी प्रजातान्त्रिक सेनानी हुन् । भूपू आर्मी उनी नेपाली काँग्रेसका क्रियाशील सदस्य थिए । केसी देउमाडीस्थित उषाकिरण प्रावि र चितेपानी हिमालय प्राविका संस्थापक सदस्य थिए ।

केसीका ५ भाइ छोरामध्ये कृष्ण केसी जेठा हुन् । अन्य भाइहरुमा बाबुराम, महेन्द्र, वीरेन्द्र र दीपेन्द्र केसी छन् । यस्तै ४ छोरीहरु सीता थापा, रमा कार्की, मैयाँ सापकोटा र मीठु कुँवर हुन् ।

केसीको शुक्रबार नै देउमाडीबाट शवयात्रासहित पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरियो । अन्त्येष्टिमा पूर्व नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौला, पूर्व मन्त्री यज्ञबहादुर थापा, शुक्रराज शर्मा लगायतले पार्टीको झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

अन्त्येष्टि समारोहमा गण्डकी प्रदेशका सांसद, पोखरा महानगरपालिकाका मेयर, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, जनप्रतिनिधि, समाजसेवी, शुभचिन्तकको उल्लेख्य उपस्थिति रहेको थियो । १३ दिनको काजक्रिया देउमाडीमै हुने स्व. केसीका नाति नेवि संघ पूर्व केन्द्रीय सदस्य एवं मादीका जनप्रतिनिधि सरोज केसीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width