पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७८
corona varient

पाेखरा ।  पछिल्लो २४ घण्टामा ९०० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १५८ जनाको पिसिआर परीक्षण गर्दा ९०० जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ जना छ। हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ।

केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दै गएको भए पनि पछिल्लो २४ घण्टामा केही महिनायताकै ठूलो संख्यामा संक्रमित थपिएका हुन्।

युके भेरियन्टको कोरोना संक्रमणसँगै मुलुकमा कोरोनाको दोस्रो लहर चलेको छ। छिमेकी मुलुक भारतमा पछिल्ला २ दिनयता २ लाखभन्दा बढी संख्यामा कोरोना संक्रमित थपिँदै आएका छन्।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width