बागलुङ ताराखोलामा चट्याङ लागेर १ जनाको मृत्यु

राजेशचन्द्र राजभण्डारी
वैशाख ३, २०७८
google-ai-predict-death-artificial-intelligence

बागलुङ । बागलुङमा हावा हुरी र वर्षा संगै परेको चट्याङले लागेर एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ चट्याङ लागेर जिल्लाको ताराखोलामा एक जनाको मृत्यु भएको छ ।

ताराखोला गाउँपालिका–२ सिले निवासी ४५ वर्षीय खिमलाल कँडेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले बताए  ।

कँडेललाई तत्कालै उपचारका लागि धौलागिरी अस्पताल पु¥याउदा अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाई रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width