कास्कीसहित  १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७८
Ministry-of-Health-and-Population

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौँ उपत्यकाका लगायतका १४ जिल्लामा कोभिड—१९ को संक्रमण बढेको भन्दै ८ बुँदे अपिल जारी गरेको छ।

बिहीबार मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले अपिल जारी गर्दै भीडभाड नगर्नेदेखि हरेक अस्पताललाई फिभर क्लिनिक सञ्चालन गर्न समेत भनेको छ। केन्द्रले १४ जिल्लालाई अति प्रभावित भनेर छुट्याउँदै उक्त जिल्लाहरुमा भीडभाड हुने काम नगर्न भनेको छ।

कोभिड—१९ संक्रमणको दोस्रो लहरका कारण अति प्रभावित जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।

यी जिल्लामा विद्यालय, रात्रि व्यवसायहरु, सात बजेदेखि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सपिङ मललगायतका भिडभाड हुने क्षेत्रमा सहभागी नभईदिन आग्रह गरेको छ।

मन्त्रालयले अति प्रभावित जिल्लाहरुमा बढी भीडभाड हुने क्षेत्र बन्द गर्नु पर्ने भन्दै क्षेत्रमा सहभागी नहुने आग्रह गरेको हो।

यस्ताे छ अपिल

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…

hero news full width