संसद अधिवेशन अन्त्य भए पनि ४ दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७८
gandaki parle

पोखरा । अविश्वास प्रस्तावको सामाना गर्न कठिन हुनेभएपछि गण्डकी प्रदेश सरकारले बुधबार मध्यरातमा एकाएक प्रदेश सभाको हिउँदे अधिवशेन अन्त्य गरे पनि विपक्षी ४ दलले भने उक्त प्रस्ताव दर्ता गराएरै छाड्ने भएका छन् ।

अविश्वासको प्रस्ताव सम्बन्धी सूचना दर्ताका लागि संसद अधिवेशन चालु हुनै पर्ने प्रावधान छैन ।

अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादीको संयुक्त बैठक प्रदेश सभा सचिवालयमा बस्दैछ ।

अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग्ने कि नमाग्ने भन्ने बारेमा ४ दल प्रष्ट भइसकेका छैनन् ।

अधिवेशन नभएकै बेलामा पनि संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता भएपछि त्यसलाई कसरी अगाडि बढाउने भन्ने अधिकार सभामुखमा निहीत हुन्छ ।

प्रदेश सभा नियमावलीको १४४ मा अविश्वास प्रस्ताव सम्बन्धी व्यवस्था छ । जसमा संविधानको धारा १८८ को उपधारा ४ मा मुख्यमन्त्रीमाथि विश्वास छैन भनि प्रदेशसभाका १ चौंथाइ सदस्यले अविश्वासको प्रस्ताव पेश गर्न सक्ने उल्लेख छ ।

तर प्रस्ताव पेस गर्नुभन्दा ७ दिन अघि नै लिखित सूचना प्रदेशसभा सचिवलाई दिनुपर्ने छ । त्यो प्रस्तावमा आगामी मुख्यमन्त्रीको नाम समेत उल्लेख गरेको हुनुपर्ने छ । प्रस्तावमाथि सभामुखले संसद बैठकमा छलफल गराउने छन् । त्यसपछि प्रस्ताव निर्णायार्थ प्रस्तुत गरिने छ । प्रस्ताव बहुमतबाट पारित भए मुख्यमन्त्री पद मुक्त हुनेछन् । त्यसपछि पहिले प्रस्तावित सांसदलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।

सम्बन्धित समाचार

मध्यरातमा  प्रदेश सभा अधिवेशन अन्त्य : सरकारविरुद्धको रणनीतिमा ३ दलको कसरत सुरु

गण्डकीको राजनीतिमा नयाँ माेड : प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

Related News

सम्बन्धित समाचार

hero news full width