गण्डकीको राजनीतिमा नयाँ माेड : प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य

आदर्श समाज सम्वाददाता
वैशाख २, २०७८
gandaki parle

पाेखरा । सरकार परिवर्तनको कसरतमा दलहरु जुटिरहेका बेला गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा कांग्रेस, माओवादी लगायत दल जुटिरहेका बेला अधिवशेन अन्त्य गरिएको हो ।

सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचन गए रातिबाटै अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्रयकाे सूचना प्रदेश सभा सचिवालयमा दर्ता पनि भइसकेकाे सचिव हरिराज पाेखरेलले बताए ।

हिउँदे अधिवेशन चैत २५ गते सुरु भएको हो । याे अधिवेशनका लागि ४ वटा विधेयक दर्ता भएका थिए ।

प्रदेश सरकारलाई दिएको समथर्मन फिर्ता लिने राष्ट्रिय जनमोर्चाको निर्णयपछि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार धरापमा परेको थियो ।

बुधबार राजमोले समर्थन फिर्ता लिने भन्दै वक्तव्य जारी गरेपछि कांग्रेस लगायत दल सरकार विरुद्ध अविश्वासको प्रस्ताव सम्बन्धी सूचना दर्ता गराउने तयारीमा थिए ।

बिहीबार बिहानभर पनि कांग्रेस, माओवादी र जसपा अलग अलग बैठकमा जुटेका थिए ।

प्रदेश सभाको अधिवेशन अन्त्य भएपछि राजनीतिकले कस्तो कोर्स लिने हो हेर्न भने बाँकी नै छ ।

Related News

सम्बन्धित समाचार

hero news full width