मेयर साइकल दौडमा वालिङका मेयर दिलीप प्रताप खाँड प्रथम

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७८
mayor cup (3)

पोखरा । पोखरामा आयोजना भएको प्रथम मेयर साइकल दौडमा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँडले जीतेका छन् ।

नयाँवर्षको दिनमा आयोजना भएको प्रतियोगितामा निर्धारित दुरी १५ मिनेट ३१ सेकेन्डमा पूरा गर्दै खाँड च्याम्पियन बनेका हुन् । दौड पोखरा ६ हल्लन चोकबाट सुरु भएको दौड पोखरा सभागृहसम्म ५ किलोमिटरको दुरीमा भएको थियो । प्रतियोगितामा कर्णाली प्रदेशको हुम्ला जिल्ला नाम्खा गाँउपालिका प्रमुख विष्णुबहादुर लामाले १५ मिनेट ३८ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै दोस्रो भए । कास्की माछापुच्छ«े गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले १६ मिनेट ४६ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै तेश्रो भएका छन् । प्रतियोगितामा विभिन्न जिल्लाका नगरपालिका र गाँउपालिकाका प्रमुख गरी कुल १४ जना प्रमुखहरुको सहभागिता थियो ।

प्रतियोगितामा प्रथम भएका खाँडले उपाधिसहित १० तोला चाँदीको पदकसहित सिल्ड र सम्मानपत्र प्राप्त गरे । दोस्रो र तेस्रो हुन सफल प्रमुखहरुले क्रमश सम्मानपत्र, दोसल्ला सहित ८ र ७ तोलाको चाँदीको आकर्षक पदक प्राप्त गरेका छन् । मेयर साइकल दौड प्रतियोगिताको समापन कार्यक्रममा सागमा गण्डकी प्रदेशबाट सागकी रजत विजेता जमुना थापालाई नगद १ लाख नगद सहित सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको हो । साथै सागमा साइकल प्रतियोगितामा पदक विजेता निमा श्रेष्ठ, नमुना थापा, राजेश मगर, उषा खनाललाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सोही क्रममा पोखरेली अग्रज साइक्लिस्टहरु लोकबहादुर थापा, वसन्त सुवल, चिजबहादुर गुरुङ, इन्द्र नेपाली, खिमबहादुर थापा, भरतबहादुर कार्की, निरज थापा, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, मोहनसिंह लालचन, तुलसीकुमार श्रेष्ठ, श्यामकृष्ण श्रेष्ठ र रामनारायण श्रेष्ठलाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उनीहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, प्रमुख प्रशासकीय अधिकृत महेश बराल लगायतले पुरस्कार वितरण गरे ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । गण्डकी प्रदेशमा डायलाइसिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिको संख्या शून्यमा झार्ने लक्ष्य पूरा भएको छ । बुधबार गण्डकी…
  • स्वदेश फर्किए कतारी अमिर

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा ।  नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्। उनलाई…
  • अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । चैत २५ मा एमालेका खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरे । त्यसको पर्सिपल्ट कांग्रेसका सुरेन्द्रराज…

hero news full width