एक महिना अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी   

आदर्श समाज सम्वाददाता
चैत्र ३१, २०७७
tripathi

काठमाडौँ, ३१ चैत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले नयाँ खालको भाइरस बढ्दै गएपछि विद्यालय एक महिनासम्म कक्षा अनलाइन कक्षा सञ्चालन गर्नेबारे मन्त्रिपरिषद् बैठक र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा समेत छलफल गरिएको जानकारी दिनुभयो ।

“कम्तीमा शहरी क्षेत्रका विद्यालय एक महिना अनलाइन कक्षाबाट सञ्चालन गर्ने कि भन्ने तयारी रहेको छ”, मन्त्री त्रिपाठीले भन्नुभयो । उहाँले विद्यालय अनलाइनबाट कक्षा सञ्चालन गर्दा सात–आठ लाख विद्यार्थी घरमै रहेर पढ्ने र त्यसले २० प्रतिशत आवतजावतमा कमी आउने समेत बताउनुभयो । उहाँले अहिलेको नयाँ भाइरस (भेरियन्ट) युवा र बालबालिकामा पनि देखिएकोले डर लाग्दो रहेको बताउनुभयो । “१८ वर्षभन्दा मुनिका बालबालिकालाई खोप विकास भएको छैन”, उहाँले भन्नुभयो, “त्यसैले अहिले देखिने भाइरस बालबालिकामा पनि सर्ने भएकोले ती बालबालिकालाई खोपको लगाउन नमिल्ने भएकोले डर लाग्दो रुपमा फैलिन सम्भावना रहेको छ ।”

उहाँले अहिलेको अवस्थामा सङ्क्रमण बढ्दै गए जेठ र असारको अन्तिमसम्म दैनिक ११ हजार र छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको जानकारी दिनुभयो । “अहिले सङ्क्रमण बढिरहेको अवस्थामा दैनिक ११ हजार र असारसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण गरिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले सङ्क्रमण बढ्न नदिन सीमा नाकाबाट आउनेको परीक्षण गर्ने र सङ्क्रमण देखिएपछि आइसोलेशन सेन्टरमा राखिने बताउनुभयो । उहाँले नेपाल भारतको मुख्य सीमा नाकाबाट आउने एक हजार जना अट्ने खालको होल्डिङ सेन्टर राख्ने निर्माण गर्ने समेत भइरहेको जानकारी दिनुभयो । उहाँले बन्दाबन्दी अवस्था आउनुभन्दा अगाडि नै रोकथाम र नियन्त्रण गरिने गरी तयारी गरिएको बताउनुभयो । “गत वर्षदेखिको अनुभव र भौतिक पूर्वाधारको तयारीले हामी बन्दाबन्दी नगइकन हामी रोकथाम र नियन्त्रण गर्न सक्षम छौँ”, उहाँले भन्नुभयो, “ मुलुकलाई बन्दाबन्दीसम्म पुग्न दिदैनौँ ।” मन्त्री त्रिपाठीले सङ्क्रमणको दर बढ्दै गएकोले काठमाडाैं उपत्यकामा रहेका अस्पताललाई तयारी अवस्थामा राख्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँले पहिलेको भाइरसले एक जनाबाट ६ जनामा सङ्क्रमण सारे पनि अहिलेको नयाँ भाइरसले एक जनाबाट ४० जनामा सङ्क्रमण सार्न सक्ने बताउनुभयो । उहाँले अर्थतन्त्र भन्दा जनताको जीवन ठूलो भएकाले सरकारले जनताको जीवनलाई महत्वपूर्ण मानेर रोकथाम र नियन्त्रण गरिने बताउनुभयो ।
(रासस)

Related News

सम्बन्धित समाचार

  • थ्रिस्टार सेमिफाइनलमा प्रवेश

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पाेखरा । आहारारा पोखरा गोल्डकपको पाँचौंपल्टको विजेता थ्रि स्टार क्लब २४ औं संस्करणको प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ । आइतबार…
  • पूर्वराजा ज्ञानेन्द्र पोखरामा

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । पोखरा र आसपासका जिल्लामा रहेका शक्तिपीठ भ्रमणका लागि उनी आइतबार समिट…
  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • सम जयन्तीमा रंगकर्मीको सम्मान

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । नेपाली नाट्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने पोखराका ३ जना रंगकर्मीलाई सम्मान गरिएको छ । नाट्यसम्राट बालकृष्ण समको १२२…
  • बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित

    विजय नेपाल माघ २६, २०८१
    पोखरा । नेपाल कानून व्यवसायी परिषद्को निर्वाचनमा गण्डकी प्रदेश पार्षद सदस्यमा अधिवक्ता दयाराम गौतम निर्वाचित भएका छन् । प्रजातान्त्रिक कानून…

hero news full width