हावाहुरीले रुख ढल्दा पोखरामा १ घाइते

आदर्श समाज सम्वाददाता
चैत्र ३१, २०७७
bus

पोखरा, ३१ चैत । हावाहुरीका कारण रुख ढल्दा पोखरामा मंगलबार साँझ १ जना घाइते भएका छन् । रानीपौवाको मुख्य सडकमा हावाहुरीका कारण एक्कासी रूख ढल्दा उनी घाइते भएका हुन् । त्यस क्रममा करिब आधा दर्जन सवारीसाधनमा क्षति पुगेको स्थानीय बताएका छन् ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास हमालले जानकारी दिए।

घाइते हुने पैदलयात्री भएको र उनको पहिचान हुन बाँकी रहेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width