बाबियाचौर बजारको सडक कालोपत्रे

आदर्श समाज सम्वाददाता
चैत्र ३१, २०७७
sadak kalopatre

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको सडक कालोपत्रे गरिएको छ । गण्डकी प्रदेश सरकारको सशर्त अनुदान १ करोड र गाउँपालिकाको १३ लाख रुपैयाँ बजेटबाट गाउँपालिका केन्द्रसमेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र गरिएको हो ।

म्याग्दीमा बेनी नगरक्षेत्र बाहिर गाउँपालिका स्तरमा कालोपत्रे गरिएको यो पहिलो योजना हो । गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य रहे पनि कोरोना महामारीको कारण प्रभावित भएको योजनालाई प्रदेश सरकारसँगको सहमतिमा म्याद थप गरी सम्पन्न गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए ।

बजार क्षेत्रको करिब ६ सय मिटर सडक ३ दशमलव ७५ मिटर चौडाइमा कालोपत्रे गर्ने सम्झौता भएको छ । कार्यक्षेत्रमा परिचालित सोमरस निर्माण सेवा कम्पनीका सञ्चालक प्रविन सापकोटा सडकको अधिकांश स्थानमा स्टमेटभन्दा बढी साढे ४ मिटर चौडाइसम्म सडक कालोपत्रे गरिएको बताउँछन् ।

कालोपत्रे योजनालाई गुणस्तरीय र टिकाउ बनाउन निर्माण सामग्रीको प्रयोग र निर्माण कार्यमा निरन्तर अनुगमन र अवलोकन भइरहेको गाउँपालिकाका इन्जिनियर सुजन पाध्यायले बताए ।

सडक कालोपत्रे भएपछि धेरै राहत महसुस भएको म्याग्दी उद्योग वाणिज्य संघ बाबियाचौर इकाइका अध्यक्ष राजु पाण्डेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width