पोखरा जेसीज ४७ औं वर्षमा

आदर्श समाज सम्वाददाता
चैत्र ३१, २०७७
jaycees

पोखरा । पोखरा जेसीज ४७ औं वर्षमा प्रवेश गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका पोखरा जेसीजका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले वार्षिकोत्सव अवसरमा शुभकामना व्यक्त गर्दै जेसीजले असल व्यक्ति बन्न सिकाउने बताए । अग्रजले देखाएको बाटोमा अगाडि बढ्दै समाज परिवर्तनका लागि धेरै मान्छे नचाहिने र थोरै मान्छेले पनि समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्छन् भनी बताए ।

पोखरा ३ का वडाध्यक्ष एवं पोखरा जेसीजका पूर्व अध्यक्ष रविन्सन प्रजुले पोखरा जेसीज पहिले जस्तै उत्तिकै क्रियाशील हुँदै आएकोमा खुसी व्यक्त गरे ।

नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर रवीन्द्र गुरुङले जेसीजको आस्थाप्रति पूर्ण प्रतिबद्ध रहेर लागेमा सफल हुन सकिने उल्लेख गरे ।

पोखरा जेसीजका अध्यक्ष इन्जिनियर किरण केसीले युवाको क्षमता अभिवृद्धिमा जेसीजले महत्वपूर्ण भूमिका खेलेको बताए ।

पोखरा लेडी जेसीजकी अध्यक्ष वीनिता सापकोटा, बबिन टेलरिङ सटिङ एण्ड सुटिङका सञ्चालक बबिन बग्दास, नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशन संयोजक जेसीआई सिनेटर ईश्वरप्रसाद कर्माचार्य लगायतले बोलेका थिए ।

सो अवसरमा पोखरा जेसीज वर्ष २००९ का अध्यक्ष विश्वेश्वर आचार्य लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ को नवौं महाधिवेशनबाट डिष्ट्रिक्ट गभर्नर निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।

सन् १९७५ मा स्थापित भई युवामा नेतृत्व र व्यक्तित्व विकास गरी समाजमा योग्य नागरिक स्थापित गर्न पोखरा जेसीज लागिपरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width