फाइल फोटो ।
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट सोमबार थप २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कास्की र तनहुँका १/१ जनाको मृत्यु भएको हो ।
पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
ती पुरुषमा चैत २० गते कोरोना पुष्टि भएको थियो ।
यसैगरि तनहुँको शुक्ला गण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको पनि चरक मेमोरियल अस्पतालमा उपचारकै क्रममा आइतबार नै मृत्यु भएको हो ।
चैत २३ गते कोरोना पुष्टि भएको ती पुरुषमा निमोनियाको समस्या रहेको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७ पुगेको छ ।
गण्डकी प्रदेशमा हाल ४ सय १९ जना सक्रिय संक्रमित छन् ।
Related News
सम्बन्धित समाचार
लायन्स आदर्श चौतारीको शिविर
‘अनन्त यात्रा’ लिएर आए कवि प्रदीप
हिमालयनलाई वडाध्यक्ष कप
अखण्ड कीर्तनको १७ औं वार्षिकोत्सव
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
hero news full width
मुख्य समाचार
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
माघ २६, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१