सहमतिबाटै सरकारः प्रचण्ड

rss रासस
चैत्र ३०, २०७७
Prachand_Fotor

चितवन । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताउनुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका दाहालले आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताउनुभयो ।

संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उहाँले भन्नुभयो, “जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।” प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताउनुभयो । उहाँले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ ।”

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads