तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७७
News Subhakamana

पोखरा । तनहुँ सम्पर्क समाज पोखरा र मातृभूमि बचत तथा ऋण सहकारी संस्थाको २०७८ सालको भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान शनिबार भएको छ ।

स्याङ्जाका जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले आगामी दिनमा देशमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम रहने विश्वास गरे ।

राष्ट्रिय सभासद बिन्दादेवी रानाले अहिले राज्यले राज्यलाई बलियो बनाउनभन्दा पनि राज्य चलाउने व्यक्ति आफू केन्द्रित शक्ति र स्वार्थमा लाग्नु दुखद् रहेको बताइन् ।

सहकारीका अध्यक्ष चन्द्रविक्रम अधिकारीले समाजका सदस्यको सामाजिक गतिविधिसँगै आफ्ना आर्थिक क्रियाकलाप चलायमान र व्यावसायिक क्षमतालाई सहयोग पुर्‍याउने गरी अघि बढ्ने बताए ।

समाजका वरिष्ठ उपाध्यक्ष भरत केसीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा बुद्धिबहादुर थापा, पक्षे अस्पतालका निर्देशक डा. अर्जुन आचार्य, गण्डकी विश्वविद्यालयका संयोजक प्राडा धु्र्रवबहादुर अधिकारी, समाजका पूर्व अध्यक्षहरु शिवराज पौडेल, मुरलीमोहन काफ्लेलगायतले बोलेका थिए ।

संस्थाका महासचिव यामबहादुर सुर्खालीले सञ्चालन गरेको कार्यक्रममा सहकारीका उपाध्यक्ष हरिप्रसाद खनालले स्वागत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । पोखरा १३ कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भयो ।…
  • रुपाताल संरक्षण परियोजना निर्माणमा जोड

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    लेखनाथ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले रुपाताल संरक्षण परियोजना निर्माणलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् । पोखरा–३२…
  • काटिएका रुखका मुढा जफत

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । कोटीहोमका लागि भन्दै पोखराका वर्षौ पुराना वर, पीपल, शमी जातका रुखहरु काटेर थुपारिएका मुढाहरु पोखरा महानगरपालिकाले जफत गरेको…
  • नातिहरुसँग जन्मदिन, सहारा एकेडेमीमा नगद सहयोग

    आदर्श समाज सम्वाददाता माघ २४, २०८१
    पोखरा । जन्मदिनमा हुने गरेका फजुल खर्च सामाजिक सेवामा लगाउनेहरु पनि समाजमा उत्तिकै छन् । ८५ वर्षीया एकजना ज्येष्ठ नागरिकले…
  • बालोदयमा इन्टेलेक्ट स्फेयर

    आदर्श समाज सम्वाददाता माघ २३, २०८१
    पोखरा । बालोदय मावि, बिरौटाको ३७ औं स्थापना दिवस अवसरमा दुइदिवसीय बालोदय इन्टेलेक्ट स्फेयर भएको छ । कार्यक्रममा स्टिममा आधारित…

hero news full width