पर्यटन बोर्डले गरेको फोटो प्रतियोगिताका उत्कृष्ट ५ जनालाई पुरस्कार

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७७
photo

पोखरा । नेपाल टुरिजम बोर्ड गण्डकी प्रदेशले आयोजना गरेको प्रदेशस्तरीय फोटो प्रतियोगितामा उत्कृष्ट ५ पुरस्कृत भएका छन् ।

पोखराका प्रेमबहादुर थापा र किरण अधिकारीसहित तनहुँका प्रिजन आले हाल पोखराको विजयपुर ब्यारेकमा कार्यरत नेपाली सेना, काठमाडौंका विजय गौतम र शिरीष बिसीको फोटा उत्कृष्ट भएका हुन् । उनीहरुलाई नेपाल टुरिजम बोर्डमा आइतबार १ कार्यक्रमको आयोजना गरी नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

उनीहरुले प्रतिगोगितामा सहभागी ४ सय ९५ फोटोलाई पछि पारेको प्रतियोगिताका निर्णायक राम गुरुङले जानकारी दिए । पहिलो चरणमा २६ जना फोटो छनोट गरी उत्कृष्ट ५ छुट्याइएको उनले बताए । प्रतियोगिताको निर्णायकमा गुरुङसहित नेपाल टुरिजम बोर्ड गण्डकी प्रदेशका बिमल कँडेल, पोखरा पर्यटन परिषद्का महासचिव रामचन्द्र शर्मा थिए ।

गत नोभेम्बरमा सुरु भएको प्रतियोगितामा केही समय अगाडि नै उत्कृष्ट फोटो छनोट भए पनि कोरोना महामारीका कारण पुरस्कार वितरण गर्न ढिलाइ भएको टुरिजम बोर्ड पोखराका प्रमुख काशीराम भण्डारीले बताए । भण्डारीका अनुसार कोरोना महामारीतर्फ सचेत रहँदै अनलाइन माध्यमबाट उत्कृष्ट फोटो छनोट गरिएको हो । प्रतियोगिताले नेपाल तथा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा टेवा पु¥याउने उनले विश्वास गरे ।

थापाको पोखरा ग्यारजातीस्थित सहिदपार्क, अधिकारीको कास्की कोरी, आलेको दुलेगौंडा रकगार्डेन, गौतमको मर्दी, बिसीको माछापुच्छ«े बेस क्याम्प रुटका फोटा उत्कृष्ट ठहरिएका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width