मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७७
Goli Kanda Photo

पोखरा । गत माघ २३ गते पोखरा १७ महतगौंडामा मनोज विकमाथि गोली प्रहार भएको पुष्टि भएको छ ।

त्यो समयमा जिल्ला प्रहरी कार्यालय कास्कीले तत्कालीन मेडिकल रिपोर्ट अनुसार गोली नचलेको बताएको थियो । अन्तत पटक पटकको मेडिकल रिपोर्टपछि गोली नै प्रहार भएको प्रमाणित भएर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

पर्वत घर भई पामे बस्दै आएका मनोजमाथि गोली प्रहार गर्ने बारा बरियापुर घर भई पोखरामा मेटलसम्बन्धी काम गर्ने ४५ वर्षका राजकिशोर पाण्डेलाई आइतबार कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

पाण्डेलाई सिम्पानीबाट मेटलको काम गरिरहेकै अवस्थाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए । पाण्डेको साथबाट ७.६५ एमएमको ३ राउन्ड गोली, पर्स र १ मोबाइल बरामद गरेको एसपी श्रेष्ठले जानकारी दिए । गोली प्रहार लगत्तै मनोज मोटरसाइकल चढेर वडा प्रहरी कार्यालय बैदाम पुगेका थिए । उनको दाहिने कोखा (पेट) मा घाउको प्वाल थियो ।

उनी अहिले अस्पतालबाट डिस्चार्ज भएर घरमै आराम गरिरहेका छन् । अभियुक्त पाण्डेको विषयमा भने अनुसन्धान भइरहेको एसपी श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width