‘पर्यटन क्षेत्रका लागि नीतिगत सम्बोधनको खाँचो’

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७७
ptc

पोखरा । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा देखिएका समस्याहरु सुल्झाउन सरकारले नीतिगत रुपबाट नै सम्बोधन गर्नुपर्ने बताएका छन् ।
पोखरा पर्यटन परिषद्ले पोखरामा आयोजना गरेको शुभकामना आदान प्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रममा रिजालले कोभिड १९ को प्रत्यक्ष असर पर्यटन क्षेत्रमा देखिएको सुनाए ।

पर्यटनलाई स्थायित्व दिन सरकारले आगामी बजेटबाट नीतिगत रुपमा सम्बोधन गर्र्नुपर्ने उनले माग गरे । आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्र भए पनि यसका अनगिन्ति सम्भावना अध्ययन हुन नसक्दा र यस क्षेत्रका समस्या सम्बोधन हुन नसक्दा व्यवसायीहरु पलायन हुन सक्ने अवस्था आएको उल्लेख गरे ।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले पर्यटन व्यवसायीको गुनासालाई सम्बोधन गर्दै पर्यटन मैत्री पूर्वाधार निर्माणका लागि महानगर तयार रहेको बताए । उनले कोभिड १९ को असर न्यूनीकरण गर्दै पोखराको पर्यटन उकास्न व्यवसायीसँग सहकार्य र समन्वय गरी जाने बताए ।

कोभिडका कारण ३ महिनामा पर्यटन क्षेत्रले ७ अर्ब गुमाउनु परेको उल्लेख गर्दै आर्थिक समृद्धिमा पर्यटनको महत्व रहेकाले यस क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको औंल्याए ।

गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पोखराको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका उल्लेखनीय रहेको जनाउँदै तीनै तहका सरकारबाट पर्यटनलाई केन्द्रबिन्दुमा राखेर काम भए आर्थिक समृद्धि हासिल हुने दाबी गरे । उनले फेवातालको समस्या समाधान उन्मुख रहेको र रत्नमन्दिर सर्वसाधारणका लागि खुला गर्नुपर्छ भन्नेमा दुईमत नभए पनि कार्यान्वयनमा देखिएको ढिलासुस्तीप्रति असन्तुष्टि व्यक्त गरे ।

परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले २०७७ पर्यटन क्षेत्रले ठूलो क्षति भोग्नु परेको स्मरण गर्दै नयाँ वर्ष २०७८ लाई सफल बनाउन सरकारले रणनीतिक योजनासहित पर्यटन क्षेत्रलाई प्राथमिकता राख्नुपर्ने बताए ।

उनले पर्यटनमा एकता र सामूहिक भावनाको खाँचो औल्याउँदै पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय जगतसम्म पु¥याउन विविधताबीचको एकता आवश्यक रहेको बताए । सरकारले ल्याएका नीति समयमा कार्यान्वयन हुन नहुँदा व्यवसायी थप पीडित हुँदै गएको उनको भनाइ थियो ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टीकाराम सापकोटा, नेपाल पर्यटन बोर्डका गण्डकीका अध्यक्ष काशीराज भण्डारी, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण बराल लगायतले बोलेका थिए ।

विभिन्न पर्यटकीय संघ संस्थाका प्रमुख एवं प्रतिनिधि उपस्थित सो कार्यक्रममा परिषदले तयार गरेको २०७८ सालको क्यालेन्डर विमोचन गरिएको थियो । कार्यक्रमपश्चात् पोखरा पर्यटन व्यवसायी र बोर्ड उपाध्यक्ष रिजालबीच पर्यटनसम्बन्धी समसामयिक विषयमा अन्तक्र्रिया गरिएकोे परिषदका महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width