ग्रीन डेभलपमेन्टको साधारणसभा, लाभांश पारित

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
Green Development Bank Limited

पोखरा । ग्रीन डेभलपमेन्ट बैंकको आठौं वार्षिक साधारण सभाबाट ३.८ प्रतिशत वोनस शेयर र कर प्रयोजनार्थ ०.२० प्रतिशत नगद लाभांश पारित भएको छ ।

सभाले आव २०७६÷७७ को वित्तीय विवरण पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने गरी २ सञ्चालक प्रकाशकुमार श्रेष्ठ र विश्वमोहन अधिकारीलाई निर्वाचित गरेको छ ।

नवनिर्वाचित सञ्चालक विश्वमोहन अधिकारीले आफ्नो करिब २५ वर्षको बैंकिङ अनुभवले यस बैंकलाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास लिएको बताए ।

प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले शेयरधनीको सुझाव र भावना बुझेर बैंकले आगामी नयाँ योजना बनाउँदै जाने बताए ।

बैंक अध्यक्ष गणेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारण सभामा सञ्चालक प्रकाशकुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width