महिला उद्यमी संघले दियाे तालिम

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
wean kaski 1 jpg

पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले आर्थिक रुपान्तरणमा महिला विषयक तालिम दिएको छ ।

महिलाले आफ्नो व्यक्तिगत क्षमतालाई विकास गर्ने, नेतृत्व क्षमता कसरी अगाडि बढाउने र आर्थिक रुपमा कसरी सशक्त बन्नेबारे तालिममा प्रशिक्षण दिइएको थियो ।
तालिमको सहजीकरण प्रशिक्षक उषा मल्ल सिंहले गरेकी थिइन् । सो क्रममा विभिन्न किसिमका खेल खेलाउँदै रमाइलो वातावरणमा विषयवस्तु केन्द्रित उदाहरणसहित तालिम दिइएको थियो ।

महिला उद्यमी संघ नेपाल कास्कीकी अध्यक्ष पार्वती पौडेल रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष प्रतिभा गैह्रेले सञ्चालन र कोषाध्यक्ष चन्द्रा शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कास्कीका विभिन्न वडाबाट प्रतिनिधित्व हुने गरी तालिममा ५० महिलाको सहभागिता थियो ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष काशी गुरुङले तालिमबाट सिकेको विषय व्यवहारमा अपनाउन सुझाव दिइन् ।

Related News

सम्बन्धित समाचार

  • ‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । व्यावसायिक किसान छविलाल श्रेष्ठले अघिल्लो वर्ष बारीमा फलेको आलु पालिकाकै कोल्ड स्टोरमा राखे । खेत खनजोत गरेर कोल्ड…
  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । आन्तरिक उडानमा सीमित…
  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…

hero news full width