बोर्डिङ पास देखाए बियर सित्तैमा

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
the boss

पोखरा । काठमाडौंदेखि पोखरा विमानबाट आउँदै हुनुहुन्छ भने बोर्डिङ पास नफाल्नु होला । त्यो बोडिङ पास देखाएर फेवाताल किनारमा रहेको द बोस बियर बारले एउटा बियर अफर दिने छ ।

बार सञ्चालक गणेशबहादुर थापाले विमानबाट पोखरा आउँदा बोर्डिङ पास देखाएमा एउटा बियर बारले उपहार दिने योजना ल्याएको बताए । ‘यो योजना पोखरा आउने यात्रुका लागि हो ।

आन्तरिक पर्यटन प्रबद्र्धन गर्न यो योजना ल्याएको हो । यो अफर पाउन बोर्डिङ पास भने अनिवार्य हुनुपर्छ,’ उनले भने । उनका अनुसार यो योजना यो गर्मी मौसमभर लागु हुनेछ ।

द बोस बियर बार पोखराको सबैभन्दा सस्तो बियर बार रहेको दाबी पनि उनले गरे । आफ्नो बारमा सबै ब्रान्डका बियर एमआरपी मूल्यमै पाउने उनले बताए ।

बियर बारमा १ पटकमा २ सय जनालाई सेवा दिन सकिने उनले बताए । यो योजनासँगै बारमा जाने ग्राहकले आफैंले गीत गाउनको लागि पनि व्यवस्था मिलाइएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width