माछा मार्दा करेन्ट लागेर मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
Current

पोखरा । स्याङ्जाको आँधीखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर ३४ वर्षे पुरुषको ज्यान गएको छ ।

शनिबार दिउँसो भीरकोट नगरपालिका–७ हेलुस्थित आधिखोलामा मेनलाइनबाट करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ४ को विवेक खाँणको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका उनलाई तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width