पोखरा । आन्तरिक पर्यटक मार्फत् ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका–१, झिल्ली बरेङ पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् ।
कोभिड १९ पछि घरवास व्यवसायमा अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममार्फत् व्यवसायी महिलाले उक्त ठाउँको बारेमा जानकारी लिएका हुन् । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेलले कोभिड १९ का कारण सुस्ताएको पर्यटनलाई गति दिन ग्रामिण पर्यटनमा जोड दिएर प्रचारप्रसार गर्नुपर्ने बताए । उनले कोभिड–१९ का कारण धेरै मानिसले शान्त र प्राकृतिक स्थलको खोजी गरेको जनाउँदै बरेङको होमस्टेमा महिला पर्यटन व्यवसायीको पहिलो आगमन भएको जनाए ।
उनका अनुसार बरेङ अन्नपूर्ण हिमशृंखंला, लालिगुराँस, भिरमौरी लगायत गुरुङ, मगरबस्तीको सांस्कृतिक पहिचान रहेको सुन्दर गाउँ हो । गाउँपालिकामा २० वटा होमस्टे भए पनि हाल १२ वटा सञ्चालनमा छन् ।
उक्त गाउँपालिका वडा नं १ का वडाध्यक्ष गौप्रसाद गुरुङले प्राकृतिक सुन्दरतासँगै समुदायको आतिथ्यताले भिल्ली बरेङ आउने पाहुनालाई लोभ्याउने बताए । उनले कोभिड १९ का कारण आन्तरिक पर्यटकको आगमन कम हुँदै गएको भनाइ राखे । वडा सदस्य भुलबहादुर पौडेलले गण्डकी प्रदेश सरकारले घरबास कार्यक्रमलाई प्राथमिकता दिएको जनाउँदै यसले ग्रामीण पर्यटनलाई प्रर्वद्धन गर्दै लगेका धारणा राखे । उनले लेकसाइडका महिला पर्यटन व्यवसायीको उपस्थितीले यस क्षेत्रलाई थप चिनाउने विश्वास समेत व्यक्त गरे ।
उक्त घरबासका अध्यक्ष गर्बी गुरुङले पहिलो चरणमा महिला व्यवसायीलाइ स्वागत गर्न पाउँदा खुसी लागेको बताइन् । उनले प्रारम्भिक चरणमा रहेकाले आवश्यक सल्लाह सुझाव दिन समेत आग्रह गरिन् ।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)का संस्थापक अध्यक्ष जमुना पराजुलीले कोभिड १९ पछि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको जनाउँदै यस्ता कार्यक्रमले ग्रामिण पर्यटनमा प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् । संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड १९ चुनौतीका बीच पनि अवसरको खोजी गर्दै पर्यटकीय गन्तब्यको प्रचार प्रसारमा सबै जुट्नु पर्ने धारणा राखिन् ।
कार्यक्रममा संस्थाका सल्लाहकार दुर्गा ढकाल, देवका पहारी, पम्फा पहारी कार्यक्रम संयोजक रीता रेग्मी लगायतका सहभागी सदस्यहरुले अवसरसँगै देखिएका चुनौतीका विषयमा अनुभव राखे । कोभिड १९ ले शान्त र प्राकृतिक स्थलको खोजी, साहसिक पदयात्राप्रति पर्यटकको रुचीले ग्रामिण पर्यटन प्रवद्र्धन हुँदै गएको उनीहरुको भनाइ थियो । त्यसैगरी कोभिड बढ्दै गएको अवस्थामा स्वास्थ्य मापदण्ड पालना नहुँदा थप समस्या सिर्जना हुन सक्ने तर्फ पनि छलफल गरिएको थियो ।
नेपाल पर्यटन बोर्ड आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीको प्रवद्र्धनमा आयोजना गरीएको उक्त घरबास कार्यक्रममा संस्थाका कार्यसमिति लगायत २४ जनाको सहभागिता रहेको सचिव ममता न्यौपानेले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
भवानी आमा समूहमा समीक्षा
महिला अधिकारको परिवर्तित स्वरुप
महिला उद्यमी संघले दियाे तालिम
महिला उद्यमी संघ कास्कीमा पार्वती रेग्मी सर्वसम्मत
महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीमा इन्द्रकुमारी
hero news full width
मुख्य समाचार
कटुस पनि किनेर खान्छन् नेपाली
न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९संस्कृत शिक्षाको आकर्षण बढ्दै छ : जगन्नाथ रेग्मी
असार १६, २०७९पुतलीबजार नगरपालिकाको पहिलो निर्णय नै खारेज
असार १६, २०७९