पत्रकार महासंघमा विपुल पोखरेल प्यानल विजयी

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
bipul

तस्बिरः सृजना अर्यालको फेसबुकबाट

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलले जितेका छन् । मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी छ ।

अधिकांश उम्मेदवार उनकै प्यानलका विजयी भएका छन् ।

नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

एमालेको ओली समूह निकट प्रेस चौतारीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मालाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजारभन्दा बढी मतदाता थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width