जन्मदिनमा रेडक्रसलाई सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
srijana school

पोखरा । सिर्जना आवासीय मावि कक्षा १० की छात्रा चाँदनी भण्डारीले रेडक्रसलाई आर्थिक सहयोग प्रदान गरेर आफ्नो जन्मोत्सव मनाएकी छन् ।

उनले युवा रेडक्रस सर्कल सिर्जना आवासीय माविका शिक्षक नायक रीता आचार्यलाई १ हजार ५ सय रुपैयाँ प्रदान गरेकी छन् ।

दुःख, पीडा लगायत विभिन्न विपत्तिले आहत भएका मानवको सहयोग गर्ने सेवाभाव अन्तरमनदेखि नै जागृत भएकाले जन्मदिनमा फजुल खर्च कटौती गरी रेडक्रसलाई सहयोग गरेको बताइन् ।

विद्यालयका प्राचार्य एवं रेडक्रस सोसाइटी कास्की जिल्ला शाखा सभापति डोलराज पाण्डेले उनलाई प्रशंसापत्र प्रदान गर्दै सो कार्यको सह्राहना गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width