लाङ्दी तमु समाजमा बालकृष्ण

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
langdi news

पोखरा । लाङ्दी गाउँ तमु समाज पोखराको भेलाले बालकृष्ण गुरुङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्ष शेरबहादुर गुरुङ, सचिव चिजकाजी गुरुङ, सहसचिव रामप्रसाद गुरुङ, कोषाध्यक्षमा हरिकुमार गुरुङ छन् । सदस्यहरु चन्द्रप्रसाद गुरुङ, नरेशकुमार गुरुङ, चन्द्रबहादुर गुरुङ, विष्णुभक्त गुरुङ, चन्द्रबहादुर गुरुङ, र मैतालाल गुरुङ सर्वसम्मत चयन भए ।

आमा समूहको संयोजक सतकुमारी गुरुङ चयन भएकी छन् । सदस्यहरु मिमकुमारी गुरुङ र बसुन्धरा गुरुङ छानिए । युवा समितिको संयोजकमा दिलीप गुरुङ र सदस्यहरु धनकाजी गुरुङ र तेजबहादुर गुरुङ छन् । समाजको सल्लाहकार रामप्रसाद गुरुङ, धनबहादुर गुरुङ, रामभक्त गुरुङ र बुद्धिबहादुर गुरुङ चुनिए ।

निर्वाचनका लागि रामप्रसाद गुरुङ संयोजक तथा रामभक्त गुरुङ र चन्द्रप्रसाद गुरुङ सदस्य रहको समिति बनाइएको थियो ।

समाजका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष बालकृष्ण गुरुङले स्वागत र सचिव रामभक्त गुरुङले सञ्चालन गरेका थिए । कार्यक्रममा सल्लाहकार चक्रबहादुर गुरुङ, मेखबहादुर गुरुङले बोलेका थिए ।

लाङ्दी समाज पर्वतको मोदी गाउँपालिका ३ लाङ्दी गाउँबाट पोखरा आई बसोबास गरेका गुरुङहरुको साझा संस्था हो ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग