कृषिमा छैनन् दरबन्दी अनुसार कर्मचारी

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
Krishi Photo

पोखरा । देश संघीय संरचनामा गइसकेपछि देश ७ प्रदेशमा विभाजित भयो । सातै प्रदेशमा आवश्यकता अनुसार मन्त्रालय बने । गण्डकी प्रदेशमा पनि ६ वटा मन्त्रालय तय भयो । त्यसले काम गर्ने क्षेत्र तय गरियो । ती मन्त्रालयमध्ये भूमि र कृषि हेर्ने गरी भूमि व्यवस्था तथा कृषि मन्त्रालय गठन गरियो ।

मन्त्रालयले आफ्नो कामको सहजतालाई ध्यानमा राखी संरचना तयार पनि भयो । सबै संरचना हेर्ने गरी कृषि विकास निर्देशनालय पोखरामा स्थापना भयो । पोखरा संरचनाभित्र ११ जिल्लाको प्रतिनिधित्व गर्ने गरी प्रत्येक जिल्लामा १÷१ वटा रहने गरी कृषि ज्ञान केन्द्र बनाइएको छ । मन्त्रालयले हेर्ने गर िएउटन कृषि तालिम केन्द्र बन्यो । ३ वटा प्रयोगशाला (माटो तथा मल परीक्षण, बिउबिजन, बाली संरक्षण), २ वटा कृषि स्रोत केन्द्र र एउटा व्यावसायिक किट विकास केन्द्रको संरचना तयार भयो ।

कागजमा संरचना बनाएर कार्यान्वयन गर्दै जाँदा प्रदेश सरकार गठन भएको ३ वर्ष बितिसक्दा पनि भनेजति कर्मचारी पाउन सकेको छैन । मिडिया र कृषि प्राविधिकको अन्तक्र्रिया कार्यक्रममा निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले प्रदेश भरका कार्यालयका लागि २ सय २५ कर्मचारी दरबन्दी रहेकोमा १ सय २६ मात्र कर्मचारी रहेको जानकारी दिए । कृषि विकास निर्देशनालय, पोखरामा नै दरबन्दी अनुसार कर्मचारी छैनन । १९ जना कर्मचारी आवश्यक पोखरामा १५ जनामात्र कर्मचारी छन् । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, पोखरामा १४ जना आवश्यक पर्नेमा ६ जना कर्मचारी छन् । माटो तथा मल परीक्षण प्रयोगशाला पोखरामा ३ कर्मचारी अपुग छ । बाली संरक्षण प्रयोगशाला पोखरामा ५ जना, बिउबिजन प्रयोगशाला पोखरामा ५ जना, बागवानी विकास स्रोत केन्द्र पोखरामा ३ जना र व्यावसायिक किट विकास केन्द्र बन्दीपुरमा ५ जना कर्मचारी अझै नपुगेको प्रमुख रेग्मीले बताए । जिल्लास्थित कृषि ज्ञान केन्द्रका लागि पनि दरबन्दी अनुसार कर्मचारी नभएको उनको भनाइ छ । कर्मचारी पदपूर्तिका लागि मन्त्रालयमा कुरा भइरहेको उनले स्पष्ट पारे ।

कार्यक्रममा कृषिका सम्पूर्ण सूचना सबै जिल्लाका किसानबीच पु¥याउन मिडियाको महत्वपूर्ण भूमिका रहने उनले बताए । कृषिका विषयमा कलम चलाउने पत्रकारको संख्या कमी रहेकामा उनको दुखेसो थियो । कृषिका समाचार लेख्ने पत्रकारका क्षमता अभिवृद्धिका लागि आफूहरुले पनि केही कार्यक्रम गर्ने सोच रहेको उनले सुनाए । कार्यक्रममा गण्डकी प्रदेशमा कृषि विकासका विषयमा प्रमुख रेग्मीले कार्यपत्र प्रस्तुत गरे । कृषि विकासमा आमसञ्चार विषयमा कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, पोखराका निमित्त प्रमुख विष्णुप्रसाद घिमिरे प्रस्तुति राखेका थिए । भने कृषि प्रसारका लागि मिडिया र सरकार विषयमा डा. रामचन्द्र बराले प्रस्तुति राखेका थिए । उनीहरुको प्रस्तुतिपछि प्रदेशका विभिन्न जिल्लाका पत्रकार र कृषि प्राविधिकले छलफल गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width