सिद्धार्थको आयमूलक तालिम

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७७
siddhartha 2

पोखरा । सिद्धार्थ क्लब पोखराले महिलालाई आयमूलक तालिम सञ्चालन गरेको छ । तालिम पोखरा ८ का अध्यक्ष रुद्रनाथ बरालले तालिम शुभारम्भ गरे ।

कार्यक्रम उद्घाटनपछि वडाध्यक्ष बरालले तालिमका सहभागीले तालिमको सिकाइलाई व्यवसायमा परिणत गर्नुपर्नेमा जोड दिए । उनले सामूहिक रुपमा व्यवसाय सञ्चालन गर्न आवश्यक बिउ पँुजीको व्यवस्था गर्न सक्ने बताए ।

क्लब अध्यक्ष पार्वती माकाजुले तालिमबाट महिला स्वरोजगारमा लाग्ने र आर्थिक हिसाबले आत्मनिर्भर बन्न सक्ने विश्वास गरिन् । क्लबका सल्लाहकार समिति संयोजक हिराकाजी श्रेष्ठले सहभागीको सक्रिय सहभागिताले कार्यक्रम सफल रहने भन्दै सिपको सदुपयोग गर्न अनुरोध गरे ।

तालिम प्रशिक्षक बिना गुरुङले तालिम समापन भए तापनि सम्बन्धले निरन्तरता पाउने विश्वास गर्दै इच्छुक महिलालाई उद्यमशील बनाउन आफ्नो पूर्ण सहयोग रहने बताइन् । चैत २५ देखि २७ गतेसम्म सञ्चालन गरिएको तालिममा प्रशिक्षक गुरुङले २४ सहभागीलाई लाछा डोरी, मोती माला, रानी हार बनाउन सिकाएकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width