बेलायतका राजकुमार फिलिपको निधन     

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७७
FILES-BRITAIN-ROYALS-PHILIP-OBIT

फाइल फाेटाे, एएफपी

लण्डन, २७ चैत । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको ९९ वर्षको उमेरमा निधन भएको बकिङ्घम राजदरबार स्रोतले घोषणा गरेको छ ।


सन् १९४७ मा एलिजावेथसँग बिहे गर्नुभएका राजकुमार फिलिपले बेलायतकी महारानीसँग ७३ वर्षसम्म वैवाहिक जीवन विताउनुभएको राजदरबार स्रोतले पुष्टि गरेको छ । उहाँहरूको विवाह भएको पाँच वर्षपछि मात्र एलिजावेथलाई महारानी बन्नुभएको थियो ।

बेलायतको बकिङ्गम रादरबारले राजकुमार फिलिपको मृत्यु भएको पुष्टि गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गहिरो दुखका साथ महारानीले उहाँका प्रिय श्रीमान् ‘ड्यूक अफ एडिनबरा’ राजकुमार फिलिपको मृत्यु भएको घोषणा गर्नुभएको छ ।” “फिलिपको शुक्रबार बिहान ‘विन्डसर क्यासल’ मा निधन भएको छ ।”

द ड्यूक अफ एडिनबराको उपाधिले चिनिने राजकुमार फिलिपलाई एक महिना बेलायती अस्पतालमा भर्ना गरी उपचारपछि उहाँको निवासमा लगिएको थियो । राजकुमार फिलिप र रानीका चार सन्तान, आठ नातिनातिनी र १० जना पनातिपनातिनीहरू हुनुहुन्छ ।

राजकुमार फिलिप ‘ग्रीक आइल्यान्ड अफ कोर्फु’मा सन् १९२१, जुन १० मा जन्मिनुभएको थियो । उहाँ हेलेन्सका राजा जर्ज प्रथमका कान्छा छोरा हुनुहुन्थ्यो ।

(रासस)

Related News

सम्बन्धित समाचार

hero news full width