पत्रकार महासंघ मुस्ताङमा सुन्दर थकाली

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७७
Mustang FNJ

मुस्ताङ । नेपाल पत्रकार मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् । थकाली बुधबार संम्पन्न निर्वाचनमा महासंघको प्रेष युनियनसहितको संयुक्त प्यानलबाट निर्वाचित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा दुर्गादेवी रसाइली, महिला उपाध्यक्षमा तृष्णा गौचन, सचिवमा सुशीलबाबु थकाली, सह–सचिव सरस्वती ल्वागुन, समावेशी सह–सचिव आदित्य रसाइली, कोषाध्यक्ष फुलकुमारी नेपाली रहेका छन् ।

जिल्ला कार्यसमिति सदस्यमा सौरभ चालिसे, वशन्त पौडेल, उत्तम केशी, प्रताप आचार्य, महिला सदस्यमा चन्द्रा नेपाली र दलित सदस्यमा राजु सेन्चुरी निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै, गण्डकी प्रदेश परिषद सदस्यमा लक्ष्मी पौडेल र केन्द्रीय परिषद् सदस्यमा चन्द्रेश्वर बस्ताकोटी निर्वाचित भएका छन् ।

महासंघ मुस्ताङको दलित तथा महिला सदस्यबाहेक पुरै संयुक्त प्यानलले जितेको हो ।

निर्वाचनमा १३ पदमा २२ जनाले उम्मेदवारी दिएका दिए । हिमाली जिल्ला मुस्ताङको पत्रकार महासंघमा २८ जना मतदाता मध्ये २६ जना सदस्यले मतदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width