पत्रकार महासंघ कास्की निर्वाचनको पूर्ण विवरण

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७७
FNJ Kaski

पोखरा । पत्रकार महासंघ कास्कीको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार बिमला भणडरीले विजयी भएकी छन् । उनी १७४ मतले ल्याएर विजयी भइन् भने केशवशरण लामिछानेको १२१ भोट छ ।

उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना, महिला उपाध्यक्षमा जमुना वर्षा, सचिवमा माधव बराल, सह–सचिव श्रीराम सिग्देल, सह–सचिव समावेशीमा रेमबहादुर विक र कोषाध्यक्षमा कृष्ण दवाडीले जितेका छन् ।

सदस्यहरुमा कन्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ (सुमन), प्रभु अधिकारी, शिवराज बस्ताकोटी, सन्तोष बस्याल, सन्तोष सुवेदी, युवराज गुरुङ (युनिश) र हरि पन्त छन् ।

त्यस्तै, महिला सदस्यमा सपना अधिकारी, दलित सदस्यमा विजय नेपाली, आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ र अन्य समावेशी जैनव खातुन विजयी भए ।

Related News

सम्बन्धित समाचार

hero news full width