पत्रकार महासंघ कास्कीको २५० मतसम्मको नतिजा

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७७
FNJ Kaski

पोखरा । पत्रकार महासंघ कास्कीको निर्वाचनमा २५० मत गनिसक्दा सम्म अध्यक्ष पदका उम्मेदवार बिमला भणडरीको १४२ र केशवशरण लामिछानेको १०० भोट छ ।

त्यस्तै उपाध्यक्षमा रामप्रसाद तिमिल्सिनाको १३९ र अर्जुन गिरीको १०८ मत छ । उपाध्यक्ष समावेशीमा जमुना शर्माले १२९ र रविना आलेले ११९ मत प्राप्त गरेका छन् ।

सचिवमा माधव बरालको १३७ र दीपक परियारको ११३ मत रहेको छ । कोषाध्यक्षमा कृष्ण दवाडीको १४८ र एकराज गिरीको ९८ मत रहेको छ ।

सह–सचिवमा पनि भण्डारी प्यानलको अग्रता छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads