गोरखा । नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन्। प्रेस युनियनका उपसभापति समेत रहेका सापकोटाले प्रेस सेन्टर नेपालका दीपक श्रेष्ठलाई ५ मतअन्तरले पराजित गर्दै विजयी बनेका हुन् ।
२९ जना सदस्य रहेको गोरखा शाखामा सापकोटाले १७ मत प्राप्त गरेको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी दीपक श्रेष्ठले १२ मत प्राप्त गरेका थिए।
महासंघको छैटौ अधिवेशनबाट २ उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, २ सहसचिव र सात सदस्य यसअघि नै निर्विरोध भइसकेका छन्।
खुलातर्फको उपाध्यक्षमा नरेन्द्र ढकाल, महिला उपाध्यक्षमा रेनु श्रेष्ठ, सचिवमा विकास मरहट्टा, कोषाध्यक्षमा मोहसिन अलि मियाँ, सहसचिवमा गुणराज रोका र सहसचिव समावेशीमा केशव गुरुङ निर्विरोध भएका हुन्।
त्यस्तै सदस्य (खुला) तर्फ दानबहादुर गुरुङ, विमल श्रेष्ठ, राजेश पौडेल, सुजन न्यौपाने निर्विरोध निर्वाचित भएका छन्।
दलित सदस्यमा सन्दिप सुनार, महिला सदस्यमा सस्मिता पन्त र आदिवासी जनजाति सदस्यमा उद्धव कुमाल निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै केन्द्रीय परिषद सदस्यमा किशोरजंग थापा र प्रदेश परिषद सदस्यमा आत्माराम श्रेष्ठ चयन भएका छन् ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१