पोखरा। नेपाल पुलिस क्लबले थ्रिस्टार क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा सुरक्षित पारेको छ । अघिल्लो दिनमात्र बागमती गोल्डकप उपाधि जितेर पोखरा रंगशाला आएको थ्रिस्टार मंगलबार अन्तिम क्वाटरफाइनलमा विभागीय पुलिससामु अन्ततः निरीह बन्यो ।
सहारा क्लब पोखराले आयोजना गरेको आहारारा गोल्डकपमा ५ पटकसम्म उपाधि उचालिसकेको थ्रिस्टारलाई यसपालि १९ औं संस्करणमा पहिलो चरणबाटै घर पठाउन पुलिसका लागि बुद्धबल तामाङ २, तेज तामाङ र सौजन राईले १–१ गोलको योगदान दिए । थ्रिस्टारले सोमबारमात्रै हेटौडामा क्यामरुनको अफ्रिकनर रुट एसोसिएसनलाई फाइनलमा हराउँदै उपाधि जितेको थियो ।
मंगलबार पहिलो हाफमै अग्रता लिएको पुलिसले दोस्रो हाफमा थप ३ गोल गर्दै जित सुनिश्चित गरेको हो । २९ औं मिनेटमा बुद्धबल तामाङले गोल गर्दै टिमलाई अग्रता दिएका हुन् । तेज तामाङले फ्रिकिक बल पेनाल्टी बसमा खसालेकोमा तामाङले वान टचमै गोलपोस्टको दिशा दिए ।
यस्तै, खेलको ६८ औं मिनेटमा पुलिसका लागि तेज तामाङले गोल गर्दै गोलअन्तर दोब्बर पारे । सुमन लामाले दिएको पास नीरकुमार राईले तामाङलाई ब्याक पास मिलाइदिएका थिए । उनले क्रसबार च्याप्दै सुन्दर गोल गरेका हुन् । प्रतियोगितामा म्यान अफ दि म्याच बन्दै तेजले नगद ५ हजार रुपैयाँ पुरस्कार जिते ।
खेलको ७४ औं मिनेटमा सुमन लामाको पासमा बुद्धबल तामाङले थप गोल गरे । सो गोल उनको लागि व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल थियो । त्यस्तै, खेलको उत्तरार्धतिर ८६ औं मिनेटमा सौजन राईले गोल थपे । सुमन लामाको पासमा उनले पुलिस टिमका लागि गोल गर्दै ४–० को फराकिलो अग्रता बनाइदिएका हुन् । यो जितसँगै पुलिसले अब दोस्रो सेमिफाइनल खेल विदेशी टिम अफ्रिकन रुट एसोसिएसनसँग खेल्नेछ । पाहुना टोलीले मच्छिन्द्रलाई २–१ ले पराजित गर्दै अन्तिम ४ मा आफूलाई सुरक्षित पारेको थियो ।
बुधबारदेखि सुरु हुने सेमिफाइनल अन्तर्गत पहिलो सेमीमा विभागीय सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
उद्घाटन खेलमा एपिएफले आयोजक सहारा क्लब पोखरालाई १–० ले र संकटाले तेस्रो क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलाई १–० को झिनो गोलअन्तरले हराउँदै भेट सुनिश्चित गरेको हो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद् बैठक बस्दै, बन्द होलान् त मुलुकभरका विद्यालय
hero news full width
मुख्य समाचार
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८संघीय संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
वैशाख ६, २०७८आज र भोलि देशभर भिटामिन ए खुवाइँदै
वैशाख ६, २०७८भेडीगोठमा झलल बिजुली, सरर्र मोटर
वैशाख ६, २०७८