चैत २७ मा होमियोप्याथिकको अधिवेशन

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७७
homeopathik 2

पोखरा । अल नेपाल होमियोप्याथिक एसोसिएसनको १० औं राष्ट्रिय महाधिवेशन चैत २७ गते पोखरामा हुने भएको छ । महाधिवेशनमा देशभरबाट करिब ५ सय प्रतिनिधि सहभागी हुने महाधिवेशन संयोजक तथा एसोसिएसन गण्डकी अध्यक्ष डा. विष्णुप्रसाद चापागाईंले बताए ।

एसोसिएसनको कमिटी प्रदेशस्तरमा मात्रै विस्तार भएको उनले बताए । संस्थाको विधान अनुसार महाधिवेशनमा ४९ जनाले मात्र मतदान गर्न पाउने छन् । अधिवेशनले २८ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

एसोसिएसनमा सबैको समावेशी प्रतिनिधित्व गराएर धेरैभन्दा धेरैलाई समेट्न विधान संशोधन गर्ने तयारी भएको केन्द्रीय उपाध्यक्ष डा. खगेन्द्र कटुवालले जानकारी दिए ।

संस्थाका केन्द्रीय सदस्य डा. राजेन्द्र मानन्धरका अनुसार नेपालमा निजीस्तरबाट ६ वटा होमियोप्याथिक चिकित्सालय अस्पताल, २ सय क्लिनिक र १ हजार हाराहारीमा फार्मेसी छन् ।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width