सामुदायिक वनमा भीषण आगलागी

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७७
aagalagi (2)

फाइल तस्बिर

दमाैली । तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागी भएको छ । केही दिनदेखि उक्त वडाका सामुदायिक वनमा आगलागी भएको हो । उक्त वडाको प्रगतिशील, लक्ष्मीथुम्का र आमडाँडामा डढेलो लागेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिनुभयो ।

साथै छिमेकी वडाको पोष्टकबारी सामुदायिक वनमा पनि डढेलो लागेको छ । “कास्कीसँग सिमाना जोडिएका सामुदायिक वनमा पनि आगलागीका घटना बढेका छन्,” उहाँले भन्नुभयो, “फिरफिरेलाई घेरेका सबै सामुदायिक वनमा आगलागीका घटना बढेका छन् ।” वायु प्रदूषणको चरम अवस्थामा बढेका डढेलोले गर्दा लाखांै वन्यजन्तु र बोटबिरुवा विनाश हुनुका साथै मानव जीवनको स्वास्थ्यमासमेत नकारात्मक असर पुगेको गुरुङले बताउनुभयो । “केही व्यक्तिको लापरवाहीका कारण यस्तो अवस्था सिर्जना हुन्छ, यसलाई नियन्त्रणका लागि सबै सचेत बन्नुपर्छ,” उहाँले भन्नुभयो, “अनैतिक काम गर्ने युवाका कारण पनि डढेलोका घटना बढेको हुनसक्छ ।” हिउँदे समय शुरु भएसँगै वन जङ्गलमा डढेलोको जोखिम रहने भएकाले डिभिजन वन कार्यालय तनहुँले पनि डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ ।

चैत वैशाखको समयमा वन जङ्गलमा अत्याधिक डढेलो लाग्ने समय भएकाले कार्यालयले डढेलो नियन्त्रण तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रमलाई जोड दिएको हो । जिल्लाका विभिन्न ठाउँमा डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिम गठन गरिएको कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । “यो समय भने जङ्गलमा डढेलो लाग्ने समय हो, डढेलो लागिहाल्यो भने तत्कालै नियन्त्रण र रोकथामका लागि विभिन्न सामुदायिक वनमा उत्तरदायी टिम गठन गरेका छौ,” उहाँले भन्नुभयो, “डढेलो लागेको थाहा पाउने वित्तिकै उक्त टिमले नियन्त्रणका लागि काम गर्छ ।” वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको काफ्लेले बताउनुभयो । “डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, सामुदायिक वन उपभोक्ता महासङ्घ लगायतलाई आग्रह गरेका छौ,” उहाँले भन्नुभयो, “सर्वसाधारणले घर नजिकैको पातपतिङ्गर सफा गर्न डढेलो लगाइदिने र सोही डढेलो वन क्षेत्रमा सल्किने गरेको छ ।” यो वर्ष भने अहिलेसम्म जिल्लामा डढेलोको समस्या देखिएको छैन ।

जिल्लामा रहेका आठ वटा सव डिभिजन वन कार्यालयले आ–आफ्नो क्षेत्रमा वन डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । जिल्लाको ८२ हजार ५४९ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । जिल्लाका दश वटा स्थानीय तहमा ६१६ सामुदायिक, ४८५ कबुलियती , ६ धार्मिक वन रहेका छन् । रासस

Related News

सम्बन्धित समाचार

    • विकृत बजार, सुस्त अनुगमन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      पोखरा । आवश्यक जनशक्ति अभावमा अनुगमन र निरीक्षण हुन नसकेको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन् । उपभोक्ता मञ्च गण्डकी…
    • गोर्खा सैनिकका लोकभाका र कथा प्रकाशित

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      काठमाडाैं ।  नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी…
    • कालिका माविमा युनाइटेड क्लकाे लागुऔषध सचेतना कार्यक्रम

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ३, २०७८
      पोखरा  । युनाइटेड क्लबको ११ औ वार्षिकोत्सवको अवसरमा आयोजित साताब्यापी कार्यक्रम अन्तर्गत तेश्रो दिन शुक्रबार कालिका माविमा लागुऔषध सचेतना कार्यक्रम…
    • एनटिएचएमसीमा सेफ कम्पिटिसन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १, २०७८
      पोखरा । नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी), पोखराले पहिलो पटक एनटिएचएमसी सेफ कम्पिटेसन आयोजना गरेको छ । बिबिसी मास्टर…
    • मेयर साइकल दौडमा वालिङका मेयर दिलीप प्रताप खाँड प्रथम

      Avatar आदर्श समाज सम्वाददाता वैशाख १, २०७८
      पोखरा । पोखरामा आयोजना भएको प्रथम मेयर साइकल दौडमा वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँडले जीतेका छन् । नयाँवर्षको दिनमा…

    hero news full width

    sanil ads

    wordlink ads