Worldlink ads

फेवा सहकारीको सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७७
fewa sahakari 1

पोखरा । पोखरा ८ सिर्जनाचोकस्थित फेवा बहुद्देश्यीय बचत तथा ऋण सहकारीले ६४ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा रक्त भण्डार भवनलाई सहयोग गरेको छ । सो अवसर ३ दिनसम्म चलेको कार्यक्रमको अन्तिम दिन कार्यक्रम आयोजना गरी चेक हस्तान्तरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति डण्डराज शर्मालाई २५ हजार १ सय २५ को चेक सहकारीका उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले हस्तान्तरण गरे ।
क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र रामघाटमा सञ्चालन र भण्डार गर्दै आइरहेको भए पनि उक्त स्थान साँघुरो भएको हँुदा सिर्जनाचोकमा ८ करोड लागतमा गण्डकी प्रदेश स्तरीय रक्त सञ्चय भण्डार भवन निर्माणाधीन छ ।
सहकारीका श्रेष्ठले मानवीय सेवामा लाग्नुपर्ने बताउँदै अति विपन्न वर्गका बिरामीलाई सहयोग गर्ने गरी नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्र रामघाटलाई समेत २५ हजार सहयोग गरेको स्मरण गरे ।
कार्यक्रममा फेवा सहकारीका प्रबन्ध निर्देशक हरिभक्त पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपनिर्देशक खेमराज सापकोटा, सहकारीका बालकृष्ण पौडेल र चिना कार्की लगायतले बोलेका थिए । सहकारीका सहायक प्रबन्धक जगन तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • भारतमा कोभिडले मृत्यु हुने संख्या बृद्धि

      रासस मंसिर १९, २०७८
      नयाँ दिल्ली । भारतमा गत एक दिनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्यामा तीव्र वृद्धि भएको छ । हिजो एकै दिनमा…
    • खोप नलगाएकालाई भारत प्रवेश रोक

      रासस मंसिर १९, २०७८
      बैतडी । भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको…
    • सुनको मुल्य बढ्यो

      रासस मंसिर १९, २०७८
      काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ । अघिल्लो दिन…
    • रेखा थापा महामन्त्रीमा पराजित

      आदर्श समाज सम्वाददाता मंसिर १९, २०७८
      पोखरा, १९ मंसिर । नायिका रेखा थापा राप्रपा महामन्त्रीमा पराजित भएकी छिन्। राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्रीमा निर्वाचन लडेकी…
    • कमल थापालाई हराउँदै लिङ्देन निर्वाचित

      आदर्श समाज सम्वाददाता मंसिर १९, २०७८
      पोखरा, १९ मंसिर । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापालाई हराउँदै लिङ्देन विजयी भएका…

    hero news full width

    trending post

    ट्रेन्डिङ्ग