डिफेन्डिङ च्याम्पियन मनाङ पहिलो चरणमै पराजित

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७७
aaha rara~durga

पोखरा । पोखरा रंगशालामा जारी १९ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगितामा साविक विजेता मनाङ मस्र्याङ्दी क्लब पहिलो चरणबाटै बाहिरिएको छ ।
सोमबार तेस्रो क्वाटरफाइनलमा संकटा क्लबले १–० गोलअन्तरले मनाङलाई पराजित गर्न सफल भएको हो । उसका लागि विदेशी खेलाडी फोफो नाले गरेको १ गोल नै निर्णायक भएको हो ।

खेलको ४४ औं मिनेटमा अफ्रिकन खेलाडी फोफो नाले कत्ती पनि गल्ती नगरी भली हान्दै विपक्षी पोस्टको जाली चुमाउन सफल भएका थिए ।

पहिलो हाफको उत्तरार्धमा संकटाले लिएको अग्रता जोगाउँदै अन्ततः सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । मनाङले प्राप्त केही राम्रा अवसर खेर फाल्दा उपाधि दौडबाट बाहिरिन पुगेको हो । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगितामा मनाङ ६ पटकको च्याम्पियन हो ।

प्रतियोगितामा फोफो ना नै म्यान अफ दी म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार जिते । आहारारामा दोस्रो पटक सेमिफाइनल प्रवेश गरेको संकटाले जितसँगै पहिलो सेमिफाइनल खेल एपीएफ क्लबसँग खेल्नेछ ।

मंगलबार चौथो तथा अन्तिम क्वाटरफाइनल रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबबीच हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।

प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width