पोखरा । एउटा टेबलमा अचारको डिब्बाहरु तह मिलाएर चिटिक्क पारिएका छन् । अर्को टेबलमा क्याक्टस लगायतका बोटबिरुवा ससाना गमलामा मिलाएर । यस्तै चक्लेन ब्राउनी, मल्टिग्रेन लगायतका बेकरी आइटममात्र होइन ओखर, काजु जस्ता बदामहरु पनि छन् अनि भर्खर टिपेर ल्याइएका चुच्चे बन्दा तथा टमाटर जस्ता ताजा तरकारी पनि ।
यो दृश्य हो, लेकसाइड हल्लनचोकमा रहेको सेन्ट्रल प्लाजा बिल्डिङको दोर्जे बार एन्ड ग्रिल रेस्टुरन्ट परिसरको । जहाँ १५ दिनको फरकमा ‘दोर्जेस् फार्मर्स मार्केट’ नामको पाक्षिक बजार चल्छ । यहाँ किसानका उत्पादनदेखि कलात्मक सामग्री बेच्न राखेको देखिन्छ ।
दोर्जेस् फार्मर्स मार्केटकी व्यवस्थापक जेन लालचनका अनुसार यो बजार उत्पादकका सामग्री बिक्री तथा प्रवद्र्धन गर्ने उचित थलो हो । विगत ३ वर्षदेखि साप्ताहिक रुपमा फार्मर्स मार्केट सञ्चालन गर्दै आएकोमा लकडाउन खुलेपछि भने पाक्षिक रुपमा सञ्चालन गरिएको उनी बताउँछिन् । ‘कोरोना महामारी अघि पर्यटकको चाप बढी हुँदा किन्ने बेच्नेको संख्या बढी थियो तर लकडाउनले व्यापार ठप्प पा¥यो, अहिले विदेशी पर्यटक कम भए पनि बजारले गति लिएको छ,’ उनले भनिन् ।
बजार सुरु हुँदा विदेशीमात्र बिक्रेता र ग्राहक हुन्थे तर लकडाउनपछि फुर्सदिला नेपाली किन्नमात्र होइन, सामान बेच्नसमेत आउने गरेका छन् । लकडाउनपछि केही गरौं भन्ने सोचका युवाहरु कलात्मक सामग्रीहरु बेच्न यहाँ आउने गरेका छन् ।
शनिबार बजारमा केही विदेशी आफ्ना सामान बिक्रीका लागि आएका थिए । तिनैमध्येकी १ हुन्, अमेरिकी नागरिक जिजी । उनको आफ्नै बेकरी छ ‘जिजी बेकरी’ । उनी पाक्षिक रुपमा राखिने बजारमा चक्लेट ब्राउनी, सिनेमन रोल, कप केकदेखि सावर ब्रेड राख्ने गर्छिन् । उनका अनुसार यो बजारले गर्दा उनको अमेरिकी स्टाइलमा बनाइने बेकरीको राम्रो प्रवद्र्धन भएको छ । बजारमा बेकरी परिकार चाखेका मानिसहरु उनको बेकरीमै पुग्ने गरेका छन् । लकडाउन खुलेपछि सञ्चालित सबै पाक्षिक बजारमा उनले सामग्री राख्ने गरेकी छन् ।
दोर्जेज् मार्केटमा एकचोटि प्रयोग भइसकेको तर फेरि प्रयोग गर्न सकिने विभिन्न सामान पनि बिक्री गर्न सकिने जेनले बताइन् । पहिला नेपालीमा सेकेन्ड ह्यान्ड सामानमा रुचि नभएको भए पनि अहिले उनीहरुको चाहना परिवर्तन भएको जेन बताउँछिन् । दिउँसो १ बजेदेखि ४ बजेसम्म चल्ने बजारमा १ टेबल प्रयोग गरेबापत ५ सय रुपैयाँ तिर्नुपथ्र्यो । तर कोरोना संक्रमणले व्यापारमा ह्रास आएको तथा नयाँ पुस्तालाई आकर्षित गर्न केही सहुलियत दिँदै ३ सय तिरे पुग्छ ।
Related News
सम्बन्धित समाचार
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
विकृत बजार, सुस्त अनुगमन
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीमा लीलाराम गौतम
फेरि भाउ बढ्याे डिजेल पेट्रोलको
hero news full width
मुख्य समाचार
पोखरामा कोरोना संक्रमितको मृत्यु
गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
वैशाख ६, २०७८जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
वैशाख ६, २०७८सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
वैशाख ६, २०७८