भुक देउराली होमस्टेमा सचेतना

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७७
tewan 1

पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्दनमा मोदी गाउँपालिका ५ स्थित भुक देउराली नमूना सामुदायिक होमस्टे (घरबास) सञ्चालकलाई सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
दिगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ सञ्चालित सचेतना कार्यक्रमको उद्घाटनपछि गण्डकी प्रदेशसभा सदस्य ललितकला गुरुङले आफ्ना ऐतिहासिक वस्तुको संरक्षण र प्रवद्र्धन गर्न आफूले पहल गर्ने बताए ।

संस्थाका सल्लाहकार तथा पर्यटनविद् श्रीकान्त खतिवडाले भुक देउरालीलाई नमूना गाउँको रुपमा विकास गर्न थुपै्र सम्भावना भएको हुँदा त्यसलाई सार्थकता दिन स्थानीय लाग्नुपर्ने उल्लेख गरे । घरबास कार्यक्रमले खाने र खुवाउनेमात्र नभएर कला संस्कृति, सभ्यताको जगेर्ना गर्नुका साथै रोजगार समेत उपलब्ध गराउने हुँदा युवा पुस्ताले अवसरको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

संस्थाका संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले भुकका होमस्टे सञ्चालकले धेरै राम्रो गरिसकेको भए पनि अझै त्यसलाई विधि प्रक्रिया, पर्यटकका रुचि, होमस्टे सञ्चालकले ध्यान पुर्‍याउनु पर्ने कुरा, सरसफाई, स्थानीय उत्पादनको महत्व, कला संस्कृतिको प्रभाव लगायतका विषयमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
मोदी गाउँपालिका १ का अध्यक्ष भुलबहादुर पौडेलले वडा नम्बर १ मा ४ वटा होमस्टे रहेको र त्यसको प्रवद्र्धनका लागि स्थानीय सरकारका तर्फबाट आफूहरु लागि परेको बताए ।

भुक देउराली होमस्टे सञ्चालक समिति अध्यक्ष टेकबहादुर गुरुङले होमस्टे सञ्चालन गर्दाको अहिलेको अवस्था, त्यस ठाउँको सम्भावना र समस्याका बारे जानकारी दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष रेणु थापामगर,रेडियो सफलताका प्रबन्ध निर्देशक दुर्गा अधिकारी, पर्यटन व्यवसायी महिला संघ नेपालका अध्यक्ष रेनु थापा मगर लगायतले बोलेका थिए । संस्थाका महासचिव शोभा पाण्डेले सञ्चालन गरेको कार्यक्रममा स्वागत मनतव्य कार्यक्रम संयोजक कमला गुरुङले गरेका थिए ।

२०७५ सालबाट सञ्चालनमा आएको भुक देउराली नमुना सामुदायिक होमस्टे पोखराबाट ५२ किलोमिटरको दूरीमा पर्छ । होमस्टेमा ६० जना अतिथि राख्न सक्ने व्यवस्था छ । पर्यटनविद् श्रीकान्त खतिवडा र संस्थाका संस्थापक वरिष्ठ पर्यटन व्यवसायी लक्की क्षेत्री कार्की सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग