मगर संघ रामबजारको अधिवेशन

आदर्श समाज सम्वाददाता
चैत्र २३, २०७७
rambazar adhibesan news

पोखरा । नेपाल मगर संघ, महिला संघ तथा युवा संघ रामबजार इकाइ समितिको १९ औं वार्षिक साधारण सभा तथा ५ औं अधिवेशन भएको छ ।

साधारण सभा उद्घाटनपछि नेपाल मगर संघ कास्की अध्यक्ष संगीता पुनमगरले मगरहरु संगठित भएर बौद्धिक छलफलमा लाग्न आग्रह गरिन् । समाजमा विद्यमान विकृति र विसंगतिलाई चिरेर सुसंस्कृति र सभ्य समाज निर्माणमा महिला तथा युवाको अहम् भूमिका रहेको भन्दै यसका लागि शैक्षिक पाटो महत्वपूर्ण रहेकाले युवालाई विषेशगरी शैक्षिक क्षेत्रमा जोड दिनुपर्ने बताइन् ।

नेपाल मगर संघ केन्द्रीय समिति पूर्व उपाध्यक्ष श्याममाया राना (पुन) मगरले समाज परिवर्तनका लागि सोंच र विचार पनि परिवर्तन गर्नुपर्ने बताइन् ।

अधिवेशनले थमन सिं थापामगरको अध्यक्षतामा १५ सदस्यीय नेपाल मगर संघ रामबजार इकाइ नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्ष सुधा थापामगर, सचिव अमरबहादुर रानामगर, सहसचिव गंगा ठाडामगर, कोषाध्यक्ष सन्तबहादुर थापामगर छन् । सदस्यहरु भीमबहादुर थापामगर, जगतबहादुर थापामगर, ममता थापामगर, सीता थापामगर, एकबहादुर थापामगर, सोमनारायण रानामगर, शान्ति थापामगर, बाबुराम राना मगर, वसन्त थापामगर र मीना मास्की मगर चयन भए ।

नेपाल मगर महिला संघ रामबजार इकाइ समितिमा लक्ष्मी थापामगर अध्यक्ष चयन भइन् । उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष क्रमश विष्णु थापामगर, रेणु थापामगर, खुबी थापा मगर र गीता आलेमगर छन् । सदस्यहरु निरमाया थापामगर, खेमाया थापामगर, हरिमाया थापामगर, तारा थापामगर, जितकुमारी थापामगर, मीरा थापामगर, जमुना रानामगर, घनी थापामगर, नरमाया रानामगर, चेतकुमारी रानामगर छन् ।

युवा संघ रामबजारमा ओमबहादुर वीरकट्टा थापामगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्ष तृष्णा थापामगर, सचिव कमल थापामगर, सहसचिव डिलबहादुर थापामगर, कोषाध्यक्ष शान्ति रानामगर छन् । सदस्यहरु किस्मिता थापामगर, गोमाकुमारी थापामगर, विमला थापामगर, सिम्रन आलेमगर, राजेन्द्र थापामगर, सोमबहादुर थापामगर, इभा रानामगर, दिपेन थापा मगर छन् ।

सभामा नेपाल मगर रामबजार इकाइ समिति सहकोषाध्यक्ष सन्तबहादुर थापामगर, महिला संघका कोषाध्यक्ष गीता आलेमगर र युवा संघका कोषाध्यक्ष ओमबहादुर थापामगरले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेका छन् ।

संघका अध्यक्ष ढालबहादुर मास्कीमगरको अध्यक्षतामा भएको कार्यक्रममा महिला संघका अध्यक्ष दानकुमारी थापामगरले स्वागत गरिन् । कार्यक्रम सञ्चालन सचिव अमरबहादुर रानामगरले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width