पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिमा प्राडा. डुकबहादुर क्षेत्री नियुक्त भएका छन् । अन्तिम सूचीका २ प्रतिस्पर्धीलाई पछि पार्दै प्राडा. क्षेत्री उपकुलपतिमा नियुक्त भएका हुन् । उपकुलपतिका लागि ३ जनाको नाम सिफारिस भएको थियो । १२ जनाको आवेदन परेकोमा ९ जनाको नाम सर्ट लिस्टमा परेको थियो । कागजात र योग्यताक्रमका आधारमा तिनै ९ जनाबाट ३ जनाको नाम सिफारिस गरिएको हो ।
सिफारिस समितिले प्राडा डुकबहादुर क्षेत्री, डा. धु्रव अधिकारी र डा श्रीकृष्ण श्रेष्ठको नाम कुलपति तथा प्रधानमन्त्री समक्ष पठाएको थियो । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको अध्यक्षतामा गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट ३ जनाको नाम उपकुलपतिका पठाएको हो ।
डा. क्षेत्री यस अघि पनि कुलपतिको प्रतिस्पर्धामा थिए । ४ वर्ष अगाडि डा. बुद्धिबहादुर थापासँगै उनको नाम पनि सिफारिसमा परेको थियो । त्यतिबेला डा. थापाको पल्ला भारी हुँदा डुकबहादुर पछाडि परेका थिए । अर्घाखाँचीमा जन्मेका क्षेत्री प्याथोलोजिस्ट हुन् । स्वास्थ्य सेवाको ११ औं तहबाट अवकाशप्राप्त उनी अहिले गण्डकी मेडिकल कलेजमा कार्यरत छन् । क्षेत्री पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ष्ठानको पदपूर्ति समिति अध्यक्ष हुन् । जिम्मेवारी खासै नभए पनि वरियतामा उपकुलपतिपछिको पद हो पदपूर्ति समिति अध्यक्ष । २०७२ को संविधानमा सरकार मातहत रहेका सबै संगठित संस्थामा कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले नै गर्ने उल्लेख भएपछि पदपूर्ति समिति भूमिकाविहीन छ ।
स्वास्थ्य सेवाको ११ औं तहबाट अवकाशप्राप्त प्राडा क्षेत्री प्याथोलोजिस्ट हुन्
नियुक्तिपछि प्रतिक्रिया दिँदै प्राडा क्षेत्रीले प्रतिष्ठानका पुरानै कार्यक्रमलाई निरन्तरता दिइने बताए । गएको सिनेटले एमबिबिएस कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको भन्दै अब छिटो कक्षा सञ्चालनमा आफूले पहल थाल्ने प्राडा क्षेत्रीले बताएका छन् । प्रत्येक प्रदेशमा सरकारकारको आफ्नै शिक्षण अस्पताल सञ्चालन गर्ने र त्यसैमा एमबिबिएस कक्षा चलाउने नीति अनुसार आफू अगाडि बढ्ने प्रतिबद्धता उनले जनाएका छन् । उनले भने, ‘प्रतिष्ठान सामु धेरै चुनौती छन्, ती चुनौती विस्तारै म सल्टाउँदै जानेछु ।’
पोस्ट ग्राजुयटमा पनि सिट संख्या बढाएर धेरै भन्दा धेरै जनशक्ति उत्पादन गर्न अब आफूले ध्यान केन्द्रित गर्ने उनले जनाएका छन् । प्रतिष्ठानको कार्यालय र मातहतको अस्पतालका लागि भवन समेत जीर्ण र साँघुरो भइसकेकाले त्यसै अनुसार योजना बनाउन जरुरी रहेको उनको भनाइ छ । उनले भने, ‘शिक्षण अस्पताल चलाउन त्यसै अनुसार भवन चाहिन्छ, अहिलेको अस्पतालको भवन पनि रेट्रोफिटिङ भइरहेको छ ।’
अस्पतालमा मुटुरोगको उपचारका लागि क्याथ ल्याब सञ्चालन तयारी अन्तिम अवस्थामा पुगेको भन्दै उनले डायलासिस सेवा समेत अझ विस्तार गर्ने प्रतिबद्धता उनले जनाएका छन् । उनले भने, ‘४ वर्षको अन्त्यतिर भए पनि मिर्गौला प्रत्यारोपण सुरु गर्ने योजना बनाएको छु, यसमा साथीहरुको साथ चाहिन्छ ।’ पोखरा र आसपासका क्षेत्रबाट क्यान्सरका बिरामी अहिले भरतपुर र भक्तपुर जाने अवस्था रहेकामा त्यसलाई अन्त्य गर्न प्रदेश सरकारसँग समन्वय गर्ने उनले बताए ।
प्रतिष्ठान र मातहतको अस्पतालमा कार्यरत धेरै कर्मचारीहरु लामो समयदेखि अस्थायी रहेको भन्दै यो समस्या समाधान गर्न समेत आफूले मेहनत गर्ने प्रतिबद्धता उनले जनाएका छन् । उनले भने, ‘२०÷२५ वर्षदेखि साथीहरु अस्थायी हुनुहुन्छ, पदपूर्ति समितिमार्फत् स्थायी गर्ने प्रक्रियामा हामी जान्छौं ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्रीकृष्ण श्रेष्ठ, डा. डुकबहादुर क्षेत्र, डा. विदुरबहादुर वस्ती, डा. प्रल्हाद कार्की, डा. सुरेन्द्र शेरचन, डा. ध्रुवबहादुर अधिकारी, डा. भरतबहादुर खत्री, डा. गिरिधारि शर्मा पंगेनी र डा. सरोज शर्माको आवेदन परेको थियो । प्राडा. बुद्धिबहादुर थापाको कार्यकाल सकिएपछि प्रतिष्ठानमा उपकुलपतिको खोजी भएको हो । अहिले डिन डा. नरेन्द्रविक्रम गुरुङले निमित्त उपकुलपति भएर काम चलाइरहेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
कास्कीका विद्यालय बन्द नहुने
कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग, सरकारलाई माओवादीको समर्थन फिर्ता – अविश्वास प्रस्तावको पूर्ण पाठसहित
hero news full width
मुख्य समाचार
विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
गुरुङ सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, २८ सांसदकाे हस्ताक्षर
वैशाख २, २०७८संसद अधिवेशन अन्त्य भए पनि ४ दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने
वैशाख २, २०७८मध्यरातमा प्रदेश सभा अधिवेशन अन्त्य : सरकारविरुद्धको रणनीतिमा ३ दलको कसरत सुरु
वैशाख २, २०७८गण्डकीको राजनीतिमा नयाँ माेड : प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य
वैशाख २, २०७८गण्डकीमा सरकार बनाउन ३ दलको अन्तिम कसरत
वैशाख २, २०७८