साना उद्यमीलाई सरल कर्जा

रासस
चैत्र २२, २०७७
loan-personal

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालबीच लघु, घरेलु, साना तथा मझौला उद्यममा वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएशनका प्रथम उपाध्यक्ष प्रद्युम्न पोखरेलको उपस्थितिमा आज समझदारीपत्रमा महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालका अध्यक्ष गोविन्दप्रसाद ढकालबीच हस्ताक्षर भएको हो ।

समझदारीअनुसार एसोसिएशनका सदस्य विकास बैंकलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको मागअनुसार सरल एवम् सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया सहज गरिनेछ ।

यस्तै, कर तथा बजार व्यवस्थापनसम्बन्धी जानकारी दिन कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमूलक व्यवसाय र रोजगारी सिर्जना गर्ने व्यवसायको प्रवद्र्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गरिनेछ । वित्तीय सेवाहरूको छनौट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गराउने र भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना बनाउन सक्ने ज्ञान र सीप प्रदान गर्न सहजीकरण गरिनेछ । कृषि कर्जा, महिला उद्यमी कर्जा, लघु, घरेलु, साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जाहरूलाई प्राथमिकतामा राखी प्रविधिमैत्री बनाउने र त्यसका लागि उचित तालीमको व्यवस्था मिलाइने समझदारीमा समावेश छ ।

कार्यक्रममा महासङ्घका उपाध्यक्ष श्रेष्ठले साना तथा मझौला व्यवसायले विशेषगरी ऋणको सहज पहुँचमा भोग्दै आएको समस्यालाई यो प्रयासले सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकभित्र कूल रोजगारीमा करीब ९५ प्रतिशत योगदान सो क्षेत्रकै भएकाले यो समझदारीले विशेष सहयोग पुग्ने बताउनुभयो । डेभलपमेन्ट बैङ्कर्स एसोसिएशन नेपालका अध्यक्ष ढकालले लघु, घरेलु साना तथा मझौला व्यवसायको प्रवद्र्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायत सेवा प्रवाहमा सहजीकरण गराउने उद्देश्यले समझदारी गरिएको जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी धौलागिरी पेट्रोलियममा मोहन

    आदर्श समाज सम्वाददाता माघ २८, २०८१
    पोखरा । गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसिएसनको २७ औं साधारण सभा तथा १४ औं अधिवेशनले मोहन सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति…
  • पाेखरा नयाँबजारको मेलामा राजस्थानी नृत्य

    आदर्श समाज सम्वाददाता माघ १८, २०८१
    पोखरा । भारतको राजस्थान राज्यको उदयपुर संभाग क्षेत्रका महिलाहरु परम्परागत रुपले टाउकोमा ८/९ वटा पानीको घडा (माटोको गाग्री) राखेर नाच्छन्…
  • पुँडीटार औद्योगिक क्षेत्र : इआइए सकियो, भएन जग्गा प्राप्ति

    आदर्श समाज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेश सरकारको गौरवको आयोजना हो–प्रदेश औद्योगिक क्षेत्र निर्माण । २०७४ सालमा सरकार गठन भएकै समयमा नवलपुरको लोकाहाखोला…
  • नेपाल एसबिआई बैंकद्वारा ३ लाख सहयोग

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत नदीपुरस्थित नेपाल भारतमैत्री पुस्तकालय सहजरुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…

hero news full width