वालिङ । वालिङमा सहकारीलाई बिउबिजन बाँडेर राष्ट्रिय सहकारी दिवस मनाइएको छ । नगरभित्र क्रियाशील अदुवा, बेसार तथा मसलाजन्य सहकारीलाई अदुवाको बिउ वितरण गरिएको हो । ६४ औं राष्ट्रिय सहकारी दिवस २०७७ का अवसरमा सामूहिक खेतीका लागि सहकारीहरुलाई अदुवाको बिउ बितरण गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत विभिन्न ३० वटा सहकारीहरुलाई अदुवाको बिउ वितरण गरिएको हो ।
वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण, प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराई, दियालो संस्थाका अध्यक्ष कविता तिवारी, कृषि शाखा प्रमुख सुभास अर्याल लगायतले सहकारीमा आवद्ध सदस्यलाई अदुवाको बिउ प्रदान गरेका हुन् ।
सहकारीको माध्यमबाट सामूहिक खेती मार्फत नागरिकलाई आर्थिक उपार्जनतर्फ अगाडि बढाउने कार्य अन्तरगत सहकारीहरुलाई अदुवाको बिउ वितरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिइन् ।
Related News
सम्बन्धित समाचार
सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा
लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक
निर्माण व्यवसायी संघ कास्कीमा लिलकाजी
आलु महोत्सवमा पशुबाली स्वास्थ्य शिविर
आलु महोत्सवमा दर्शक सहभागिता बढ्दो
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१